
डि.एन.बी.
पोखरा २४, फागुन
पोखराको फेवाताल संरक्षणमा तल्लो र माथिल्लो तटिय क्षेत्रबाटै दिगो रुपमा संरक्षण हुनु पर्ने एक कार्यक्रमका वत्ताहरुले बताएका छन्। सोमबार पोखराको रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले द राउण्ड टेबल छलफल कार्यक्रममा सहभागिहरुले फेवातालको दिगो रुपमा संरक्षण गर्न तल्लो र माथिल्लो तटिय क्षेत्रबाटै बृहत योजनाका साथ संरक्षण गर्नु पर्ने बताएका हुन्।
पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. देवेन्द्र लामिछानेले गरेको एक अध्ययन अनुसार बार्षिक रुपमा फेवातालमा १ लाख ४० हजार मेट्रिक्टन ढुंगा, गिटी, वालुवा, माटो सहितको लेदो बस्तु फेवातालमा मिसिदै आएकोले फेवाताल अतिक्रमण हुदै गएकोले त्यसको संरक्षणको लागि माथिल्लो भागबाटै त्यसलाई नियन्त्रण गर्न तल्लो क्षेत्रमा रहेकाले केही सहयोग गर्नु पर्ने वत्ताहरुले बताए ।
कार्यक्रममा बोल्दै फेवाताल सिंमाकन नक्शाकन समितीका संयोजक पुण्य प्रसाद पौडेलले बर्खायाममा पानीले ढाकेको भागको आधारमा, भकुण्डेखोलाको आधारमा, ड्रोन सर्भे, लामिछाने सहितका आयोगका प्रतिवेदनको आधारमा ट्रोनो ग्राफिको लगायतका आधारमा वैज्ञानिक ढंगले फेवातालको सिमाङकन गरिएको दाबी गरे । ताल भित्रको दुषित जग्गा भने अब पक्ता लगाउने गरी दोश्रो चरणमा काम गर्ने बताएका पौडेलले भकुण्डेखोला भन्दा माथिल्लो भागसम्म लामिछाने आयोगले तालको जग्गा भनि उल्लेख गरेकोले केही बिबादीत जस्तो देखिएको जिकिर गरे । भकुण्डेखोला भन्दा माथि तालको जग्गा हो भन्ने आफुहरुसंग प्रमाण नभएकोले त्यसलाई तालको जग्गाको रुपमा समेट्न नसकेको संयोजक पौडेलको भनाई छ । माथिल्लो तटिय जलाधार क्षेत्रको संरक्षण विना तालको संरक्षण नहुने उनले बताए ।
पोखरा उपत्यका नगर विकास समितीका पुर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले हाल गठन भएको फेवाताल सिंमाकन नक्शाकन समितीले आफुहरुले निर्धारण गरेको चार किल्ला र पानी मुनिको जग्गा लगभग एउटै भए पनि क्षेत्रफल घटेकोमा चिन्त्ता व्यत्त गरे । १२ हजार ८ सय ७४ रोपनी क्षेत्रफलको जग्गा हाल खुम्चियर ११ हजार २ सय ५५ रोपनी जग्गा मात्र फेवातालको हो भनि सिमाङकन हुनु गलत भएको उनको प्रतिकृया रहेको छ । अब दुषित र सिंसार जग्गा बैज्ञानिक ढंगले छुट्टाउनु पर्ने उनको भनाई छ । १ हजार ६ सय ९२ रोपनी जग्गा तालको पानीमुनि भएको लामिछानेले जनाए । ताल भित्र पर्ने केही जग्गामा हाल घर तथा भवनका संरचना बनेकोले पानीको सतहले तालको आकार लिन्छ भन्नु गलत सावित हुने उनको तर्क छ ।
समितिका सदस्य सचिव एवं नापी कार्यालय कास्कीका प्रमुख इन्जिनियर खिमलाल गौतमले यसपाली धेरै ढंगले फेवातालको सिमाङकनको बारेमा अध्ययन अनुसन्धान गरेको आधारमा राजपत्रमा प्रकाशित भएकोले अब फेतावालको सिमाङकनको बारेमा धेरै बहस गर्नु पर्ने अबस्था नरहेको बताए । उनले भने “ यस अघि पनि विभिन्न आयोग, समितिहरु बने तर त्यसलाई सरकारले मान्यता दिन सकेन तर यसपाली बनेको समितिले दिएको रिपोर्टलाई सरकारले मान्यता दियर राजपत्रमा पहिलो पटक प्रकाशसन गरेकोले अब त्यसलाई मान्नुको बिकल्प छैन, यसमा धेरै छलफल गर्न आवश्यक देख्दिन मैले । ”
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले फेवातालको दिगो संरक्षणमा माथिल्लो र तल्लो भेगका स्थानियले के कस्तो रणनितीक कार्य गर्ने त्यसको स्पष्ट निती आएमा त्यसको कान्वयन गर्न आफुहरु तयार रहेको बताए । फेवातालको सिमाङकन पनि हाल केही बिबादित भएकोले अब हुने दुषित जग्गा पहिचान सहित तालको वास्तविक जग्गा खोजि अभियानमा निष्पक्ष ढंगबाट गर्न उनले आग्रह गरे । समितिमा पर्यटन व्यवसायी एवं स्थानियहरुको समेत सहभागिता गराएको भए थप प्रभावकारी र विश्वसनिय हुने भट्टराईको भनाई थियो । तालका किनारामा रहेका स्थानिय एवं पर्यटन व्यवसायीहरु त्रासमै रहेकोले तालको निश्चित मापदण्ड कति हो (३०, ३५, ६५ मिटर) त्यसको एकिन गरेर बैंकीङ कारोवारको बाटो खुल्ला बनाउनु पर्ने अध्यक्ष भट्टराईले माग गरे । ताल किनारामा धेरै समय देखि घर जग्गा रोक्का भएकोेले आत्म हत्या समेत हुन सक्ने घटना हुन सक्ने उनले चेतावनी दिए । फेवातालको माथिल्लो माग पखौदी क्षेत्रमा धमाधम रातरात तालको सिंसार क्षेत्र पुरेर होटल तथा रेष्टुरेण्ट सहितका भौतिक संरचना निर्माण भएको भट्टराईले दाबी गरे ।
भ्ुगर्भविद सोमनाथ सापकोटाले लामिछाने र पौडेलको संयोजकत्वमा गठन भएको समितिले ल्याएको फेवातालको सिमाङकन ठिकै भएको बताए । पछिल्लो समितिले नयाँ प्रविधि प्रयोग गर्दा केही फरक हुनु स्वभाविक भएको उनको भनाई थियो । फेवाताललाई अंकमाल गरेर ताल संरक्षण र त्यसबाट उच्चतम फाइदा लिनुपर्ने भ्ुगर्भविद सापकोटाको सुझाव छ । अर्पनखोलाले डुंगा गिटी र माटो सहित लेदो बस्तु बगायर ल्याउने हुदा अगाएको अजिङकग जसरी नागवेली ढंगले हिडेको उनले दाबी गरे ।
पोखरामा सेफ्टी ट्याङकीको अधिकाशं फोहोरजन्य बस्तु तालमा पुग्ने हुदा बर्ष दीनमा सेफ्टी ट्याङकीको फोहोर नयाँ ढंगले बायो ग्याँस सहितका नयाँ प्रविधिमा प्रयोग गर्नु पर्ने भ्ुगर्भविद सापकोटाले बताए । फेवातालको तल्लो भागमा मात्र संरक्षण गर्नुले तालको दिगो रुपमा संरक्षण नहुने दाबी गर्दै उनले तालको माथिल्लो भागसम्म एकिकृत योजना हुनु पर्ने बताए । फलअपको रुपमा रहेको उक्त कार्यक्रमको संचालन रेडियो अन्नपूर्णकर्मी वासु मिश्रले गरेका थिए ।