ताजा खबर

सुपर जनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट जारी, समुह ‘बि’को खेल रोमाञ्चक मोडमा

फागुण २२, पोखरा

के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी अन्तर क्लव टी–२० क्रिकेट लिग अन्तर्गत शनिबार समुह‘बि’ का दुई खेल सम्पन्न भए । सम्पन्न खेलहरुमा मिक्समाण्डुु र जनकपुरले जित हाता पारेका छन् ।

पहिलो खेलमा तनुहँले मिक्समाण्डु क्रिकेट क्लवले बाग्लुङ्ग क्रिकेट क्लवलाई १० विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको बाग्लुङ्गले १९ं.५ ओभरमा सम्पूर्ण विकेट गुमाउनुपूर्व ७९ रनको सामान्य स्कोर खडा गर्न सक्यो । बाग्लुङ्गको तर्फबाट विश्व कार्कीले २३ रन बनाए । मिक्समाण्डुको जितमा म्यान अफ द म्याच रुपेश श्रीवास्तवले ४ विकेट लिए । मिक्समाण्डुका व्याट्स्म्यान रिबन जोशिले विस्फोटक व्याटिङ्ग गर्दै २९ बलमा अभिजित ५१ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै शुव कंशाकारले २३ रन बनाए ।

अर्को खेलमा जनकपुर क्रिकेट क्लवले पेलिकेण्टस क्रिकेट क्लवलाई ४७ रनको फकाकिलो स्कोरले पराजित ग¥यो । पहिला व्याटिङ्ग गरेको जनकपुले अक्वर अलिको ४४ तथा विशाल सस्लिङको ३९ रनको मद्धतमा १ सय ५९ रन बनाएको थियो । जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको पेलिकेण्ट्सेले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय १२ रन मात्रै बनाउन सक्यो । समिर कँडेलले २१ तथा दिपक डुम्रेले १८ रन जोडे । बलिङ्गतर्फ ३ विकेट समेत लिएका जनकपुरका विशाल सुस्लिङ म्यान अफ द म्याच भए । राहल प्रताप सिंहले ४ विकेट लिए । यो खेलसंगै लिग रोचक मोडमा आएको छ । सेमिफाइनलका लागि रनरेटले समेत महत्व राख्न सक्ने देखिएको छ ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *