ताजा खबर

सनराइज बैंकमा बाहेक गण्डकी प्रदेशका १७ बैंकमा ४ हजार जनाको विना ब्याजमा ऋण माग्ने आवेदन

डि.एन.बी.
पोखरा २२, फागुन

कोरोनाबाट प्रभावित भएका गण्डकी प्रदेशका व्यवसायीहरु मध्य ४ हजार भन्दा बढीले विना ब्याजमा ऋण माग गरेका छन्। सन राइज बैंक बाहेक १७ वटा बैंकमा विना व्याजमा ऋण माग्नेहरु शुक्रबार (फागुन २१ गते) सम्म ४ हजार वटा संघ संस्थाहरुको आवेदन परेको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका सहायक निर्देशक ऋषिराम ढकालले बताए ।

प्रदेश सरकारले विनियोजन गरेको एक अर्बको व्यवसायी जीवन रक्षा कोषबाट विना ब्याजमा ऋण माग्नेहरुलाई उत्त तोकेका बैंकले कर्जा उपलब्ध गराउने भएको उनले जनाए । प्रदेश सरकारले न्यूनतम ५० हजार देखि १५ लाखसम्म विना व्याजमा कर्जा उपलब्ध गराउने गरी पोखरा सहित गण्डकी प्रदेशका १८ वटा बाणिज्य बैंकहरुलाई जिम्मा दिएको थियो ।

पहिलो चरणमा विभिन्न बैंकमा उक्त सङख्यामा विना व्याजमा कर्जा माग गरेको एक मुस्ट सङख्या मात्र बैंकहरुले रिपोर्ट दिएकोले अबको केही दिन पछि क्षेत्रगत रुपमा कति आवेदन परेको त्यसको रिपोर्ट समेत आउने ढकालले जनाए । प्रदेश सरकारले कोरोनाको मारमा परेका साना तथा मझौला व्यवसायीलाई लक्षित गरी ५० लाख पूंजि भएकाहरुको लागि मात्र उत्त राहत उपलब्ध गराएको गण्डकी प्रदेशको निती तथा योजना आयोगका उपाध्यक्ष डा.गिरीधारी शर्माले बताए । प्रदेश सरकारले राष्ट्र बैंकको नाममा खाता खोलेर सम्बन्धित बैंकहरुलाई आवश्यक कर्जाको व्याज रकम उपलब्ध गराउने भएको उनले जनाए ।

बैंकहरुले अब जति सक्दो छिटो कर्जा उपलब्ध गराउन आफुहरुले आग्रह गरेको उपाध्यक्ष डा. शर्माले बताए । विना व्याजमा कर्जा उपलब्ध गराउने अब जिम्मा बैंकहरुलाई र्नै दिएकोले बैंकहरुले उचित ढंगले उत्त राहत उपलब्ध गराउन उनले आग्रह गरे ।

गण्डकी प्रदेशमा करिब एक लाख जसो साना ठुला व्यवसायीहरु भएको उपाध्यक्ष डा. शर्माले दाबी गरे । उनका अनुसार प्रदेशमा फेन्सि र खाद्य सामाग्रिका पसलहरु ६० प्रतिशत जसो रहेका छन भने होटल रेष्टुरेण्ट ८ हजार, सेवा क्षेत्र ५ हजार बाँकी अन्य व्यवसाय रहेको छ । हाल विना व्याजमा कर्जा माग्नेहरु फेन्सि र खाद्य सामाग्रिका पसलहरु बाहेक करिब २० देखि २५ प्रतिशत जसो मात्र रहेको उपाध्यक्ष डा. शर्माले दाबी गरे ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *