ताजा खबर

भुम्दीको इतिहास समेटिएको स्मारिका प्रकाशन

डि.एन.बी.
पोखरा २२, फागुन

पोखरा २२ स्थित भुम्दीको इतिहास समेटेर स्मारिका प्रशासन गरिएको छ । भुम्दीकोट समाज, पोखराले भुम्दीको एतिहासिक बस्तु सहित भुम्दीका उच्च पदस्थमा पुगेका व्यत्तिहरुको पहिचान समेत गरी स्मारीका प्रकाशन गरिएको समाजका सचिव कृष्ण बहादुर गुरुङले बताए ।

भुम्दीबाट बसाई सरी पोखराको मुख्य बजार क्षेत्रमा रहेका भुम्देलीहरुलाई एकिकृत पार्दै आफ्नो जन्मथलो प्रति केही गर्नु पर्छ भन्दै आफुहरुले गाँउको बारेमा समेटेर उक्त स्मारिका प्रकाशन गरिएको उनले जनाए । पोखरामा एक समारोहका बिच शनिबार उत्त स्मारिकाको विमोचन गर्दै ज्येष्ठ नागरिक एवं समाजसेवी कुल बहादुर गुरुङले गाँउको विकासको लागि आफुहरु जहाँ पुगे पनि त्यसमा कटिवद्ध हुनु पर्ने बताए । हरेक व्यत्तिमा केही न केही खुवी हुने हुँदा आफ्नो गाँउका व्यत्तिको प्रतिभा पहिचान गर्न सक्नु पर्ने उनको भनाई थियो ।

समाजका सल्लाहकार संयोजक भिमबहादुर गुरुङले भुम्दीबासीका अनुज पुस्ताको लागि उत्त स्मारिका एक दस्तावेजको रुपमा रहने दाबी गरे । समाजका अध्यक्ष ज्ञान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको स्मारिका प्रकाशन कार्यक्रममा स्थानिय दीलकाजी गुरुङ, समाजका उपाध्यक्ष आशकुमारी गुरुङ लगायतले वोलेका थिए । कार्यक्रममा नृत्य समेत प्रर्दशन भएको थियो ।

उत्त स्मारिका प्रकाशनमा सीता कुमारी गुरुङ, गंगादेवि गुरुङ परिवारबाट सहयोग प्रप्त भएको समाजले जनाएको छ ।

Related posts