
काठमाण्डौं २१, फागुन
नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूह बिच ३ बुंदे सहमती भएको छ । राष्ट्रियसभा गृहमा शुक्रबार आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको बताएका बताएका छन्। नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउका उनले अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन नगर्ने जनाए ।
उनले समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको दाबी गरे ।
नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने कायमै रहेको उनले बताए । उनले शान्तिपूर्ण राजनीतिमा आउने सहमतिप्रति प्रतिवद्ध रहेको बताए ।
सरकारसँग सहमतिमा आएपछि परिस्थिति बदलिएको बताउदै विप्लपले कम्युनिस्टहरु विद्रोह मात्र नगर्ने कम्युनिस्टहरु शान्तिका दूतको रुपमा समेत काम गर्ने दाबी गरे ।
सरकारसँग भएको सहमतिप्रति कार्यान्वयन गर्नेमा विशेष जोड दिएका विप्लवले आफ्नो माग पूरा हुने वातावरण बनाउन पनि आग्रह गरे ।