
काठमाण्डौं, २०, फागुन
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्यिुनिष्ट पार्टी(विप्लप समुह) का महासचिव नेत्रविक्रम चन्द विप्लव बिच एक आपसमा आमुने सामुने हुदै शुक्रबार एकै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।
शुक्रबार दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्न लागेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले बताए । राष्ट्रिय सभागृहमा हुने विशेष समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने भएको उनले जनाए । बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट समेत सार्वजनिक गरिएकोे छ । प्रेस नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
यसैबिच, विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने जनाएको छ । साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूह माथि २०७५ फागुन २८ गते देखि मा प्रतिबन्ध लगाएको थियो । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो ।
यस अघि वार्ता टोलीले पटक पटक वार्ता गरेकोथियो ।