ताजा खबर

यही फागुन २४ गते देखि पोखरामा दशौं बगर भाई खलक एट ए साइड भेट्रान्स फुटवल प्रतियोगिता हुने

डि.एन.बी.

पोखरा १९, फागुन

पोखरामा यही फागुन २४ गते देखि दशौं बगर भाई खलक एट ए साइड भेट्रान्स फुटवल प्रतियोगिता हुने भएको छ । बगर भाइ खलकको आयोजनामा यही फागुन २४ देखि २९ गतेसम्म पोखराको पुरानो टुडिखेल मैदानमा चौथो स्व.रन्जित गुरुङ स्मृति तथा दशौं बगर भाई खलक एट ए साइड भेट्रान्स फुटवल प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा काठमाण्डौंका ११ सहित २८ टिमको सहभागिता हुने भएको बगर भाइ खलकका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीलबहादुर गुरुङले बताए । विरगन्ज, हेटौंडा, चितवन, वुटवल, वालिङ सहित पोखराका टिमहरुको प्रतियोगितामा सहभागि हुने भएको उनले जनाए । प्रतियोगिताको विजेता टोलीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाको साथमा रनिङ शिल्ड पदक र प्रमाण—पत्र प्रदान गरिने भएको छ । उपविजेतालाई भने ५५ हजार ५ सय ५५ को साथमा ट्रफीको साथमा मेडल प्रमाणपत्र वितरण गरिने भएको हो ।

उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैया खर्च लाग्ने भएको महासचिव यामबहादुर गुरुङले बताए । प्रतियोगिताबाट १६ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको उनले जनाए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड ट्रफीको साथमा जनही ५ हजार र अनुशासित टीमलाई समेत ट्रफी प्रदान गरिने भएको छ । हरेक खेला वेलायतबाट ल्याएको आकर्षक म्यान अफ दी म्याच ट्रफी प्रदान गनिरे भएको छ ।

कोरोनाले गर्दा यस बर्षको प्रतियोगितालाई सफल पार्न बगर भाई खलकका सदस्यहरुबाट जनही ५ हजारको सहयोग प्रदान गर्ने निर्णय भएको अध्यक्ष गुरुङले जनाए । बगर भाइ खलकले स्वास्थ्यको लागि एक घण्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयामका साथ विगत २०६८ साल देखी निरन्तर रुपमा उक्त प्रतियोगितालाई निरन्तरता दिदै आएको उपाध्यक्ष तेजबहादुर गुरुङले बताए । नेपाल ओलम्पीक कमिटिका उपाध्यक्ष समेत रहेका उपाध्यक्ष गुरुङले पुरानो टुडिखेल मैदान ऐतिहासिक खेल मैदान भएकोले त्यसको संरक्षणमा सरोकार पक्षको ध्यान जानुपर्ने बताए । प्रतियोगिताले ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयाँ पिढीलाई खेलकूद प्रति अभिरुची जगाई भविश्यमा खेलाडी उत्पादनमा थप टेवा पुग्ने विश्वास लिइएको बगर भाइ खलकले जनाएको छ ।

प्रतियोगिताको अवसरमा पूर्व राष्ट्रिय फुटवल खेलाडी, पूर्व प्रशिक्षकm भूपु खेलाडी मञ्च नेपालका महासचिव खेम बहादुर गुरुङलाई ताम्रपत्र सहित सम्मान गरिने भएको छ । लामो समय देखि पृथ्बीनारायण क्याम्पसका खेल शिक्षक, पोखरामा टेनिस, हक्कि, बास्केटवल, क्रिकेट, फुटवल, भलिवल सहित अन्य खेलको विकासमा योगदान पुराएका रन्जित गुरुङको स्मृतिमा उक्त प्रतियोगिता हुने भएको महासचिव गुरुङले जनाए । पत्रकार सम्मेलनमा सहारा हङकङका प्रतिनिधि ओम गुरुङलाई बगर भाइ खलकले आजिवन सदस्यता प्रदान गरेको छ ।

Related posts