ताजा खबर

चितवन सुपर जनरल अन्तर क्लव टी–२० क्रिकेट लिगको सेमिफाइनलमा

फागुण १९, पोखरा

चितवन क्रिकेट क्लव पोखरा रंगशालामा जारी सुपर जनरल अन्तर क्लव टी–२० क्रिकेट लिग प्रतियोगितामा समुह ‘क’बाट सेमिफाइनल प्रवेश गरेको छ । बुधबार भएको खेलमा आयोजक सुपर जनरल पोखरालाई १८ रनले पराजित गर्दै चितवनले सेमिफाइनलमा स्थान सुरक्षित बनाएको हो । चितवनले तीन खेलमा जित हाँसिल गर्दै ६ अंकका साथ समुहमा शिर्षस्थान कायम ग¥यो ।

के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत बुधबार पहिला व्याटिङ गरेको चितवनले पुरा २० ओभरमा १ सय ४९ रनको योगफल तयार पा¥यो । उसका लागि साकार ढकाल र दिपेश श्रेष्ठ दुवैजनाले समान ३२ रनको पारी खेले । ३१ बलको सामना गरेका ढकालले आफ्नों पारीमा २ छक्का २ चौका प्रहार गरे । त्यस्तै श्रेष्ठले २ छक्का र १ चौका प्रहार गरेका थिए । अर्का व्याट्स्म्यान रोबिन शर्माले २५ रन जोेडे ।

प्रत्युरमा जितका लागि १ सय ५० रनको लक्ष्य पछ्याएको पोखराले १ सय ३१ मात्रै बनाउन सक्यो । पोखराका लागि मुस्कान थापाले ३६, गोविन्द प्रधानले २४ तथा विद्यान श्रेष्ठले २२ रन बनाए । ३ विकेट लिएका चितनका गौतम केसी विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच भए । अर्का बलर कृजन गुरुङ्गले पनि ३ विकेट लिए । पोखराका बलरहरु दिपेश खत्री, कृष्ण पौडेल, विधान श्रेष्ठ र किरण पौडेलले १–१ विकेट लिएका थिए ।

समुह‘क’ कै अर्को खेलमा बालुवाटारले स्याँग्जा क्रिकेट क्लवलाई २७ रनले पराजित गर्दै महत्वपूर्ण २ अंक जोडन सफल भयो । यो समुहमा पोखराले पनि २ अंकनै जोडेको छ । समुहबाट सेमिफाइनल पुग्न बिहीबार पोखरा र बालुवाटारको खेल दुवैका लागि ‘गर या मर’ को स्थितीमा पुगेको छ ।

टस जितेर ब्याटिङ्ग गरेको बालुवाटारले १९ ओभरमा मात्रै १ सय ५ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । बालुवाटारको तर्फबाट सैसबध्वज केसीले २ चौका र १ छक्काको मद्धतमा अभिजित ४२ रन बनाए । त्यस्तै विपिन खत्रीले १३ बलको सामना गर्दै २ चौका र १ छक्काका मद्धतमा १९ रन जोडे । स्याँग्जाको बलिङतर्फ सुरज गुरुङ्गले ४ ओभरमा १ मेडन सहित २० रन खर्चिएर ३ विकेट लिए । अनुज गैह्रे, विष्णु पाण्डे र ठगेन्द्र थापाले समान २÷२ विकेट प्राप्त गरे ।

जितका लागि १ सय ६ को सामान्य लक्ष्य पछ्याएको स्याँग्जा ७८ रनमै समेटियो । मात्र १७.२ ओभर खेलेका स्याँग्जाको तर्फबाट सुरज गुरुङ्गले १८, विष्णु पाण्डेले १६ तथा विक्रम थापाले १२ रन जोडे । स्याँग्जालाई सस्तैमा समेटने क्रममा म्यान अफ द म्याच विपिन खत्रीले महत्वपूर्ण ४ विकेट लिए । उनले ४ ओभर बलिङ्ग गदै ३ रन खर्चिएर २ मेडन राखे । अन्य बलरहरु आयुष सर्मा र नितेष गिरीले पनि २÷२ विकेट लिन सफल भए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *