ताजा खबर

प्रदेशको पर्यटन मन्त्रालय सहित ७ वटा संस्था फेवातालबाट माटो निकाल्ने कार्यमा

डि.एन.बी.
पोखरा १८, फागुन

गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सहित ७ वटा संस्थाको अगुवाईमा पोखराको फेवातालको माटो तथा ढुंगा निकाल्न सुरु गरिएको छ । प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले मंगलबार देखि फिर्के खोला देखि उत्त माटो निकाल्ने कार्यको निर्देशन दिदै प्रारम्भ गरेका थिए ।

फेवातालको माटो तथा ढुंगा एवं फोहोरजन्य पदार्थ निकाल्ने अभियानमा सरोकार निकायहरुको सहयोग आवश्यक भएको मन्त्री लम्सालको भनाई थियो । पोखरा फेवाबाधको मर्मत गर्न हाल पानीको सतह घटेको अबस्थामा बढी समस्या रहेको फिर्केखोलाबाट माटो निकाल्ने अभियान सुरु भएको पर्यटन मन्त्रालयका महाशाखा प्रमुख रामकाजी श्रेष्ठले बताए ।


मन्त्रालयको संयोजनमा पोखरा महानगरपालिका, जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय कास्की, बृहत जलाधार व्यबस्थापन कार्यालय कास्की, जलाधार व्यबस्थापन कार्यालय, तनहुँ, डिभिजन वन कार्यालय कास्की, ताल संरक्षण तथा विकास प्राधिकरणको सहकार्यमा फेवातालमा थिग्रानको माटो निकाल्ने कार्य सुरु भएको हो ।

करिब साँढे ३ मिटरको भाग माटो, ढुंगा तथा फोहोरले तालको भाग पुरिएको फिर्के खोलामा पानीको सतहमा पु¥याउन कम्तिमा २ मिटर माटो फाल्नु पर्ने महाशाखा प्रमुख एवं फेवाताल माटो निकाल्ने अभियानका संयोजक समेत रहेका श्रेष्ठले बताए ।
फिर्केखोलाको माटो निकालेसंगै कोमागाने पार्क र बसुन्धरा पार्क क्षेत्रमा रहेका खाल्डा खुल्डी सहित घोल क्षेत्रमा उत्त माटो व्यबस्थापन गरिने भएको संयोजक श्रेष्ठले बताए ।

फिर्केखोला क्षेत्रको माटो, बाराहीघाट नजिक, खहरेखोला क्षेत्रमा, चिसाखोला लगायतका क्षेत्रको पहिलो चरणमा करिब १५ हजार घनमिटर माटो निकाल्ने लक्ष्य राखिएकोे उनले जनाए । उत्त माटो निकाल्न करिब २५ लाख लाग्ने भएको संयोजक श्रेष्ठले बताए । हालसम्म ताल संरक्षण तथा विकास प्राधिकरणले उत्त माटो निकाल्ने अभियानमा करिब ५ लाख लगानी गर्ने भएको छ भने अन्य निकायहरुसंग समन्वय गर्दै गरेको उनले जनाए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *