ताजा खबर

गण्डकी प्रशिक्षण प्रतिष्ठान भवनको शिलन्यास

डि.एन.बी.
पोखरा १७, फागुन

पोखरामा गण्डकी प्रशिक्षण प्रतिष्ठानको भवनको सोमबार शिलन्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भवनको सोमबार एक समारोहका बिच शिलन्यास गर्दै देश विकास निर्माण धेरै अघि बढेको बताएका छन्।

सरकारले कोराना बिरुद्दको खोप ल्याउने, पिसिआर निशुल्क परिक्षण गर्ने सहित कोरोनाका बिरामीको निशुल्क उपचारको व्यबस्था गरेको उनले बताए । आफ्नो नेतृत्वको सरकारले थुप्रै कामहरु गरेको ओलीको वोली थियो । स्वच्छ प्रतिष्प्रर्धा गरी एकता भयर हिड्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा एक हुन आवहान गरे । पोखरा र गण्डकी प्रदेश अन्य क्षेत्र भन्दा सौन्दर्य देखि हरेक हिसावले अघि भएको दाबी गरेका ओलीले पोखरा आउदा जो कसैलाई आनन्द आउने हुदा यहाँको सौन्दर्यतामा ख्याल गर्नुपर्नेमा जोड दिए ।

उत्त प्रशिक्षण प्रतिष्ठानको आफ्नै भवन भनेसंगै यहाँ धेरै क्षेत्रको दक्ष जनशत्ति उत्पादनको थलो हुने भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले बताए । कार्यक्रममा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु सहितको सहभागिता रहेको थियो । गण्डकी प्रदेशको राजधानि पोखरामा गण्डकी प्रशिक्षण प्रतिष्ठानको भवन निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकार र प्रतिष्ठानको लगानीमा आगामी साँढे दुई बर्षमा पक्की चार तले भवन निर्माण हुने भएको प्रतिष्ठानका सिनियर डिभिजन इन्जिनीयर डा.महेन्द्र वानियाले बताए ।

३३ करोेड २१ लाखको लागतमा भूइतला सहित ४ तले भवनमा सभाहल सहित ४६ वटा कोठाहरु हुने भएको उनले जनाए । नगर प्रशिक्षण केन्द्रको उत्त जग्गा प्राप्ती भएसंगै प्रतिष्ठानले ४९ रोपनी क्षेत्रफलमा उक्त भवन सहितको अन्य भौतिक संरचना गर्ने भएको हो । भूइतलामा पार्किङ, पहिलो तलामा २ सय ५० जना क्षमताको सभाहल, क्यान्टिन दोश्रो तलामा कक्षा कोठा रहने भएको छ भने तेश्रो तलामा कार्यालय रहने भएको डा.वानियले जनाए । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले रकम सुनिश्चित भएसंगै डिपिआर समेत गरेर उत्त भवन निर्माणको काम अघि बढेको दाबी गरे ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *