ताजा खबर

म माथि आक्रमण हुन पनि सक्छ प्रधानमन्त्री ओली

डि.एन.बी.
पोखरा १७, फागुन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु माथि आक्रमण हुन सक्ने आशंका व्यत्त गरेका छन्। सोमबार पोखरामा नेकपा(ओली समुह) को गण्डकी प्रदेश स्तरिय कार्यकर्ता भेलामा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले हाल आफु माथि र पार्टी स्वदेश तथा विदेशबाट समेत आक्रमण भएकोले आफ्नौ भौतिक शरीरमा समेत आक्रमण हुन सक्ने आशंका व्यक्त गरेका हुन्।

चौतर्फी आक्रमण भएको बताएका प्रधानमन्त्री ओलीले आफु माथि कुनै शारीरिक आक्रमणमा परी तल माथि भएको अबस्थामा कुनै अनौठो नमान्न समेत आग्रह गरे । उनले भने “ हामीले समृद्ध नेपाल सुखि नेपालीको नारा ल्याएको हो, यसलाई पुरा गर्ने अभियानमा लाग्दा केही बाधा हड्चना आउनु स्वाभाविक हो, त्यसलाई हामीले डटेर सामाना गछौं्, हामी सहि दिशामा छौं । ”
नेकपा (दाहाल नेपाल) समुहलाई चुनौती दिदै अध्यक्ष, महासचिवले वोलाएको बैठकमा नआएको जिकिर गर्दै विधिवत रुपमा दलको नेता फेरेमा बैठक वोलाइदिने बताए । नेकपा (दाहाल नेपाल) समुहले आफुहरुसंग बहुमत भएको दाबी गरी राख्दा उनीहरुमा कुनै बहुमत नभएको प्रधानमन्त्री ओलीले जिकिर गरे । विधि र पद्धति अनुसार आफूलाई हटाए आफू प्रतिपक्षमा बस्न तयार रहेको बताएका ओलीले प्रधानमन्त्री पद कसैलाई गलहत्याएर नपाइने भन्दै विधि र प्रक्रियाबाट आउन आग्रह गरे । उनले भने “ उहाँहरुसंग कुनै बहुमत छैन, त्यो बहुमतको कहाँ पुष्टि भएको छ, म अध्यक्ष हुदा पार्टी एकताको लागि मैले कापिमा टिपोट गरेर बनाएको समिति हो, त्यो कुनै महाधिवेसनबाट निर्वाचित भएर आएको कमिटि होइन । ”

आफुले बनाएको कमिटिलाई हालसम्म नचलाएको बताएका प्रधानमन्त्री ओलीले आफुले नियुत्त गरेको मुख्य सचेतक देव गुरुङलाई हटायर अर्कोलाई नियुत्ति गरेकोले अन्य कमिटिको सदस्यमा पनि त्यसै गरी नियुत्त गर्न सक्ने जनाए । पार्टीको एकता र देश बनाउनको लागि पार्टी एकिकर भएसंगै पार्टी र देशलाई बर्वाद पार्न काममा दाहल नेपाल लागेको प्रधानमन्त्री ओलीको वोली थियो ।

बल जवरजस्ती काम गरेको दाबी गरेका प्रधानमन्त्री ओलीले हाल दैनिक जसो ५.७ किलोमिटर पिच सडक सडक निर्माण भएको जिकिर गरे । कुनै बर्षमा १० किलोमिटर पिच हुने गरेकोमा हाल आफ्नो पालमा धेरै विकास निर्माणले गति लिएको उनको दाबी थियो । संसद विघटन बदर भएर त्यसको परिणाम के दिन्छ भन्दै प्रश्न गरेका प्रधानमन्त्री ओलीले अबको ढेड बर्ष प्रतिपक्षामा बसेर पनि पुनः दुई तिहाई बहुमत ल्याउने दाबी गरे ।

प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्यलाई आवश्यक परे आफूले हटाइदिन पनि सक्ने जिकिर गरेका ओलीले कार्की ब्याङ्केटमा भोज खान बोलाएर भोज खान आएकाहरुलाई गणना गर्नुको कुनै अर्थ नभएको जनाए । संसद विघटनपछि देशले निर्वाचनको बाटो लिए पनि सर्वोच्चको फैसलाले फेरि देश अप्ठरोमा परेको उनको दाबी छ । माधव कुमार नेपाललाई आफुले २०२९ सालमा बिद्यार्थी जिवनबाटै पार्टीमा ल्याएको दाबी गरेका ओलीले १५ बर्ष पार्टी अध्यक्ष भयर पनि हाल माधव नेपालले प्रधानमन्त्री र अध्यक्षको पदको लागि लागेको आरोप लगाए । विप्लप माओबादीलाई शान्ति वार्तामा आउन उनले आव्हान गरेकाछन्।

Related posts