पोखरा, १६ फागुन ।
पोखरा–४ गैह्रापाटनस्थित नवीन बचत तथा ऋण सहकारी संस्था लि. ले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा सहकारीले पोखरा ३, नदीपुरस्थित श्री महर्षि गुरुकुल विद्याश्रममा खाद्यान्न वितरण गरेको छ ।
संस्थाका अध्यक्ष गेहेन्द्रश्वर कोइरालाले विद्याश्रम समितिका अध्यक्ष रामचन्द्र पौडेललाई ती सामग्री हस्तान्तरण गरे । सहयोगप्रति आभार प्रकट गर्दै पौडेलले सहकारीको उन्नतिको कामना गरे । सहकारी अध्यक्ष कोइरालाले संस्थाको बारेमा जानकारी गराउँदै २०६४ सालमा स्थापित संस्थाले हरेक वर्ष फागुन १६ लाई संस्थाले स्थापना दिवसको रुपमा मनाउँदै आएको बताए ।
कार्यक्रममा संस्थाका पदाधिकारी सदस्य एवं कर्मचारी लगायतको उपस्थिति थियो । कार्यक्रम संचालन सहकारीका सचिव नारायणप्रसाद कोइरालाले गरेका थिए । यसैबीच वार्षिकोत्सव अवसरमा सेवा लिन आएका पहिलो शेयर सदस्य रामबहादुर कोइराला र संस्थामा आर्थिक कारोबार गर्ने ग्राहक राधा पौडेललाई व्यवस्थापक सज्जन कोइरालाले खादा लगाइ सम्मान गरेका थिए