
डि.एन.बी.
पोखरा १५, फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरा रंगशालाको अवलोकन भ्रमण गर्ने भएका छन् । यहि फागुन १७ गते नेकपा (ओली समुह) प्रदेश कमिटीले आयोजना गर्ने कार्यक्रमलाई सम्वोधन गर्न पोखरा आएको अवसरमा प्रधानमन्त्री ओलीलाई रंगशालामा अवलोकन भ्रमण समेत गराउने भएको राष्ट्रिय खेलकूद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले बताए ।
यसैबिच, जिल्ला स्थित शुरक्षा समितीले शनिवार पोखरा रंगशालाको निरिक्षण गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक जिवन कुमार श्रेष्ठ, कास्कीका अनुशन्धानका प्रमुख, नेपाली सेना, शसस्त्र प्रहरीका प्रमुख लगाएतले पोखरा रंगशालाको निरिक्षण गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।
पोखरा रंगशालामा सुइमिङपुल सहितको थप भौतिक पूर्वाधार निर्माणमा सहयोग पुग्ने गरी आफुहरुले प्रधानमन्त्रीलाई रंगशालामा भ्रमण गराउन लागिएको उनले जनाए । उनले भने “ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेलहरु पोखरा रंगशालामा हुने भएको हुदा सुइमिङपुल, सुटिङ ट्रेनिङ सेन्टर र फुटवल स्टेडिएममा फ्रलट लाइट तत्काल आवश्यक भएको छ । ” १ अर्ब २८ करोडको परियोजना पोखरा फुटवल स्टेडिएमको अन्तिम काम हाल अलपत्र अबस्थामा रहेको उल्लेख गर्दै राखेप सदस्य गुरुङले बजेट निकासामा ढिलाई भएसंगै हाल निर्माण कार्य अलपत्र जस्तैै भएको उल्लेख गरे ।
उनले नवौं राष्ट्रिय खेलकुद तयारी स्वरुप पनि प्रधानमन्त्रीलाई पोखरा रंगशालामा अवलोकन गारउने भएको उनले जनाए । प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको अवलोकन गर्ने भए पछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल आइतबार पोखरा आउने कार्यक्रम रहेको सदस्य गुरुङले जनाए ।