ताजा खबर

गजुरी व्यारेक ब्रेकर, इलाइट क्याफे संचालक क्षेत्री सामाजिक कार्यमा  

डि.एन.बी.
पोखरा १५, फागुन

गजुरी व्यारेक ब्रेकर एवं द इलाइट क्याफे संचालक युवा व्यवसायी राजु क्षेत्री समाजिक कार्यमा लाग्न थालेका छन्। माओबादी शसस्त्र द्धन्द्धकालमा गजुरी व्यारेक तोडेर बाहिर निस्केका हाल पोखरा २२ पुम्दी भुम्दीको विश्व शान्ति स्तुपामा क्याफे संचालन गर्दै आएका क्षेत्री छोरेपाटन माविमा अध्ययनरत आफ्ना पूर्व बिद्यार्थीहरुको सहकार्यमा सामाजिक कार्यमा लागेका हुन्।

बाग्लुङ, बटिगार्डका बाबु गुमाएका, आमा र दाइ मानसिक सन्तुलन नभएका कारण बिचिल्लीमा परेका मनोज र बाबुराम विकको सहयोगको लागि क्षेत्री सहितको टोलीले सहयोग रकम हस्तान्तरण गरेको छ । छोरेपाटन माविका २०४९ का व्याजका पूर्व बिद्यार्थीहरुको टोलीबाट संकलन भएको १ लाख ५५ हजार रुपैया क्षेत्री सहितको टोलीले विक परिवारको घरमै पुगेर उक्त सहयोग गरेको हो ।

यसैबिच क्षेत्रीको टोलीलाई टाइगर ग्रुप अफ पोखरा ले ५० हजार राखेप सदस्य राजेश गुरुङले विक परिवारको सहयोगार्थ २१ हजार रुपैया शनिबार पोखरा रंगशालामा हस्तान्तरण गरेका हुन्। प्राप्त उक्त रकम समेत विक परिवारलाई हस्तान्तरण गरिएको क्षेत्रीले जनाए ।

क्षेत्रीलाई ग्रुपका अध्यक्ष नारायण शर्मा, टाइगर कप भलिवल प्रतियोगिता संयोजक नविन गुरुङ, प्रचार संयोजक रामकृष्ण ज्ञवालीले उक्त रकम सहयोग हस्तान्तरण गरेका हुन्।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *