ताजा खबर

वेलायतबाट यस बर्ष पनि आकर्षक ट्रफी आउने

समाचारकक्ष
पोखरा १५, फागुन

आहा रारा गोल्ड कप को १९ औं संस्करणमा पनि वेलायतबाट आकर्षक म्यान अफ दी म्याच ट्रफी ज्ञफी सहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरीने ट्रफी आउने भएको छ ।

१० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई, उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट हाईस्कोरर, अनुशासित टोली, उत्कृष्ट प्रशिक्षकलाई प्रदान गरिने आकर्षक ट्रफी आउने भएको सहारा क्लवले जनाएको छ । सहारा यूकेको सहयोगमा उक्त ट्रफी प्राप्त हुने भएको हो । त्यसै गरी विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रदान गरिने मेडल समेत वेलायतबाट ल्याइने भएको हो । विभिन्न विधामा उत्कृउष्ट हुने खेलाडी एवं कुनै टोलीको लागि उत्त ट्रफी निकै आकर्षक भएकोले उक्त ट्रफीको महत्व थप बढेको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए ।

पोखरामा आउँदो चैत १७ गते देखि १९ औं संस्करणको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । उक्त प्रतियोगिता पोखरा रंगशालामा २०७७ चैत २८ गतेसम्म हुने भएको सहारा क्लवले जनाएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *