पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सभा सदस्यलाई स्वागत

डि.एन.बी.
पोखरा १४, फागुन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुत्त सभा सदस्यलाई शुक्रबार एक समारोहका बिच स्वागत गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.बुद्धि बहादुर थापाले हालै नियुक्त भएका सभा सदस्यलाई स्वागत सहित यस अघिको सदस्यहरुलाई बिदाई गरेका छन्।

नयाँ सदस्यहरुमा हिमालाल भण्डारी, मिन बहादुर गुरुङ, तिर्थलाल श्रेष्ठ, गंगा कुवंर, सीता गुरुङ, गणेश बहादुर श्रेष्ठ र नबराज अधिकारी रहेका छन्। उनीहरु मध्य मिन र गणेश पुनन दोहोरिएका हुन्। यस अघिको प्रतिष्ठानको सभा सदस्यमा श्रेष्ठ, गुरुङ सहित डा. टुमाया घले, डा. छम माया पुन, आनन्दराज मुल्मी, डा. ढाकाराम श्रेष्ठ र सकुन्तला गुरुङ रहेका थिए । उनीहरुलाई प्रतिष्ठानले विदाई गरेको हो ।

त्यसै गरी प्राज्ञिक परिषद तर्फ प्रा.डा. श्रीकृष्ण श्रेष्ठ, प्रा.डा. माया लामा, प्रा.डा. भोगेन्द्र बहादुर केसी, सह—प्रा.डा.राजेश अधिकारी, सह—प्रा.डा.सुरेशराज पौडेल, सह—प्रा.डा.सुरेश थापा, लेक्चरर डा. मोनी सुवेदी, डा. बसन्त ताम्राकार र डा.चण्डिका पण्डित रहेका छन्।

प्रतिष्ठानले अबको शैक्षिक सत्र देखि दोश्रो शैक्षिक सत्र सुरु गर्ने भएको छ । एम.डी÷एम.एस (स्नातकोत्तर) को दोश्रो शत्रको लागि हाल भर्ना समेत यही फागुन १६ गतेसम्म खुल्ला गरिएको प्रा.डा. थापाले बताए । चिकित्सा शिक्षा आयोगले भर्ना प्रकृयाबाट सरकारी ११ जनाको सिटमा भर्ना प्रकृया पुरा गरेको छ भने अन्य खुल्लाको भर्ना प्रकृया आयोगले आव्हान गरेको हो ।

 

Related posts