
समाचारकक्ष
पोखरा १४, फागुन
गण्डकी प्रदेशका संसाद रामजी प्रसाद बराल (जीवन) ले निजी पूंजिलाई ढिक ढंगले परिचालन गर्नु पर्ने बताएका छन्। पोखरा च्याम्बर अफ कमर्स उत्तरीक्षेत्र इकाईको प्रथम बार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै सांसद बरालले प्रगतीशिल पूंजिको आवश्यक भएको बताउदै त्यसको लागि निजी क्षेत्रको पूंजिलाई उचित ढंगले परिचालन गर्नुपर्ने बताएका हुन् ।
देशमा राजनीति अस्थिरता हुँदा निजी क्षेत्रमा समेत असर पर्ने भएकोले त्यस तर्फ सवै सचेत हुनु पर्ने बताएका संसाद बरालले विकास निर्माणमा सवै पार्टी एक हुनु पर्ने बताए । उनले भने “ अब हाम्रो विधि र निती परिवर्तन भए पनि हाम्रो मानसिकता सोचमा अझै परिवर्तन हुन सकेको छैन, कार्यशैलीमा अब परिवर्तन गर्नु पर्छ । ” आजको आवश्यकताको पहिचान गरी त्यसको समस्याको समाधान गरी भविश्यको सम्भावनाको खोजि गर्न व्यवसायीक संघ संस्थाहरुले सरकारी निकायसंग समन्वय गर्न सक्नु पर्ने सांसद बरालको भनाई थियो ।
पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले कोरोनाबाट प्रभावित भएका व्यवसायीहरुको लागि आएको मौद्रिक नितीले अझै पनि व्यवसायीहरुले उचित राहात प्राप्त गर्न नसकेको गुनासो गरे । केही बैंकहरुमा अब अनुगमन नै गर्नु पर्ने उनले बताए ।
पोखरा च्याम्बर अफ कमर्स उत्तरीक्षेत्र इकाईका अध्यक्ष बिष्णु बाँस्तोताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्य, पोखरा महानगरपालिका वडा नम्बर १ का वडा सदस्य रुद्र सुवेदी, सचिव दुर्गादत्त पोख्रेल, कार्यक्रम संयोजक सविन जिसी, च्याम्बरका बोधराज सुवेदी लगायतले वोलेका थिए ।