नारायण कुइकेल
पोखरा १३, फागुन
पोखराको बसुन्धारा पार्कमा एक युवा मृत अबस्थामा भेटिएका छन्।
अर्घाखाँची घर भइ हाल पोखरा महानगरपालिका–०७ मुस्ताङचोक डेरा गरी बस्ने २५ बर्षीय रेशम नेपालीको बसुन्धारा पार्कमा विहिबार बिहान ६ः५० बजे मृत अबस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
माछामार्न हिडेका उनको साथबाट प्रहरीले वोतल सहित माछा मार्न प्रयोग हुने बिष समेत भेटेको प्रहरीले जनाएको छ । उत्त घटनाको बारेमा थप अनुसान्धान जारीे राखेको प्रदेश प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।