डि.एन.बी.
पोखरा १२, फागुन
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.डी÷एम.एस (स्नातकोत्तर) को दोश्रो शत्रको लागि हाल भर्ना खुल्ला भएको छ । दुई विदेशी सहित २६ जनाको सिट रहेकोमा यस बर्षको भर्ना यही फागुन १६ गतेसम्मको समय सिमा रहेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धि बहादुर थापाले बताए ।
चिकित्सा शिक्षा आयोगले भर्ना प्रकृयाबाट सरकारी ११ जनाको सिटमा भर्ना प्रकृया पुरा गरेको छ भने अन्य खुल्लाको भर्ना प्रकृया प्रतिष्ठानले आव्हान गरेको हो । आउदो चैत २ गते देखि अध्ययन समेत सुरु हुने भएको छ ।
७ वटा विधामा अध्ययन हुने भएको पां.डा.थापाले बताए । उनका अनुसार एनएसथेसियोलोजीमा ३, नजरल सर्जरीमा ५, जनरल मेडिसिनमा ४, महिला तथा प्रसुती विभागमा ६, हाडजोर्नीमा ४, बालरोगमा ३ , रेडियोलोजीसमा १ जनाको मात्र कोटा हुने गरेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयलबाट प्रतिष्ठानमा एमबीबीएस र नर्सिङ तर्फ बीएन, बीएससी, एमएन कक्षा संचालनको समेत अनुमति प्राप्त गरेको छ । प्रतिष्ठानको चौथो सिनेट बैठकले उक्त संचालनको अनुमति प्राप्त गरेको हो । उक्त बैठक प्रधानमन्त्रीको अध्यक्षतामा बसेको थियो ।
गण्डकी प्रदेशमा सरकारी तहको चिकित्सा शिक्षाको अध्ययन गर्ने प्रतिष्ठान मात्र रहेको प्रा.डा. थापाको दाबी छ ।