ताजा खबर

भ्याली स्पोर्टस् १४ गोल गर्दै देश्नास्मृति भेट्रान्स कपको क्वाटरफाईनलमा

पोखरा १२, फागुन

पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ मा आज (बुधबार) भ्याली स्पोर्टस्ले पाहुना टोली भिमाद भेट्रान्स माथी सहज जित निकालेको छ ।

पुरानो टुडिखेलमा आज (बुधबार) सम्पन्न खेलमा भिमाद भेट्रान्स माथि हावि हुदै १४–० गोल अन्तरले पराजिगत गर्दै क्वाटरफाईनलमा प्रवेश गर्याे ।

भ्यालीको जीतमा विजय गुरुङले ट्रीपल ह्याट्रिकको योगदान दिए । त्यस्तै नयांगल्ली भेट्रान्सले मित्रता एफसीलाई ८ं–१ गोलको फराकिलो अन्तरले पराजित गर्याे ।

त्यस्तै वालिङ भेट्रान्सलाई २–१ गोलको अन्तरले एलजी एशोसियसनले हरायो । अब एलजीले बिहिबार भ्याली स्पोर्टस्सँग भिड्नेछ । गार्डेन एफसीले ४–० को गोल नतिजा सहित विष्णुपादुकालाई पाखा लगाउदै क्वाटरफाईनलमा प्रवेश गर्याे ।

त्यस्तै बिटी एफसीलाई गोर्खा अल्टिमेट फिटनेशले ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश पायो । त्यस्तै अन्तिम खेलमा ईन्द्रेणीलाई काल भैरवले ४–१ गोल अन्तरले सहज जित निकाल्यो ।

बिहिबार क्वाटरफाईनलका ६ खेल हुने बताउदै विहान ९ बजे पहिलो खेल हुने प्रतियोगिता संयोजक हिटलर घलेले जानकारी दिए ।

यसअघि म्याग्दी समाज युकेका युवा अध्यक्ष अनिल मल्लले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *