ताजा खबर

सर्वोच्च अदालतद्धारा संसद पुनस्थापना, देशै भरी खुसियाली छायो

समाचारकक्ष
काठमाण्डौं ११, फागुन

प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न सर्वोच्च अदालतले आदेश संगै देशै भरी खुसियाली छाएको छ । संवैधानिक इजलासले मंगलबार उक्त निर्णय खारेज गरेसंगै सर्वोच्च अदालतले सत्य र संविधान रक्षाको पक्षमा भएको भन्दै आम नागरिक देखि नेकपा दााल नेपाल समुह सहितका अन्न्य दलका नेता तथा कार्यक्रममा खुसियाली छाएकोे छ । देशै भरी मंगलबार साँझ दिपावली सहित खुसियाली मनाइएको हाम्रा जिल्ला स्थित सहकर्मीह?ले जनाएका छन्।

तष्विर कृष्ण दवाडी

अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई आदेशसमेत दिएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस राष्ट्रपतिसमक्ष गरेका थिए । लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिस सदर गरेकी थिइन् । प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय सरकारले गरेको थियो । सरकारको उक्त निर्णयवि?द्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए । तिनै रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले सरकारको निर्णय बदर गर्न आदेश दिएको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिकुमार सिंन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । नेकपा दाहाल–नेपाल समूह र केही अधिवक्ताले सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

रिटमा एमिकस क्युरीले पनि राय दिएका थिए । एमिकस क्यूरीमा नेपाल बारबाट बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतिशकृष्ण खरेल तथा सर्वोच्च अदालत बारबाट पूर्णमान शाक्य र गीता पाठकले एमिकस क्युरीका ?पमा बहस गरेका थिए ।
यसैबीच, सर्वोच्चको फैसलालाई नेपाली कांग्रेसले जनताको जित भनेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णयले जनताको जित भएको बताएका छन । सर्वोच्चले संसद् विघटन बदर गर्ने फैसला सुनाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । शर्माले भनेका छन्, ‘संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जित भएको छ ।’ उनले न्याय मूर्तिहरूलाई लाख लाख सलाम भनेका छन् ।

यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सुखद् संयोग भनेका छन् । उपचारको क्रममा भारतको नयाँ दिल्लीमा रहेका भट्टराईले आफ्नो तस्बिरसहित ट्विट गर्दै भनेका छन्, ‘अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खंदै गर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो । हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरेझैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराएझैं भो ।’

नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
संसद् विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको निर्णयपछि श्रेष्ठले भने, ’अब असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ ।’ उनले अदालतको फैसलाले लोकतन्त्र र संविधानको जित भएको बताएका छन् । उनले अब संसद् बैठक बसेर संसदीय प्रक्रियाअनुसार अघि बढ्ने बताए । उनले आफूह?को आन्दोलनको पहिलो लक्ष्य पूरा भएकाले अब समीक्षा गरेर अघि बढ्ने बताए ।
यसै बिच पोखरामा पनि नेकपा दाहाल नेपाल समुह सहितका अन्य जनताह?ले समेत सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत योग्य भएको भन्दै दिपावली मनाएका छन् ।

तष्विर जैनव खातुन

नेकपा अध्यक्ष द्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले एक आफसमा लड्डी खुवाउदै खुसियाली मनाएका हुन्। प्रधानमन्त्री ओली पक्षका नेकपा समुहका नेता तथा कार्यकर्ता भने उक्त निर्णय प्रति असन्तुष्ट जनाएका छन्।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *