डि.एन.बी.
पोखरा ११, फागुन
पोखरामा पनि निशानको नयाँ म्यागनाइट गाडी सार्वजनिक गरिएको छ । इलाइट
मोटर्स प्रा.लि.ले पोखराको उत्तमचोक देखी उक्त गाडी बिक्रि वितरण गर्न सुरु
गरेसंगै मंगलबार एक समारोहका बिच उक्त गाडी सार्वजनिक गरेको हो ।
पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले उत्त
गाडीको सार्वजनिक गर्दै सवारी साधनहरु अब उपभोक्ता मुखि बन्नु पर्नेमा जोड
दिए । उक्त सोरुम आफुहरुले आधिकारीक रुपमा लिएसंगै बजारको माग अनुसारको
गाडी उपलब्ध गराउन निकै कठिन भएको इलाइट मोटर्स प्रालि.का प्रबन्ध निर्देशक
गोपाल बरालले बताए । मंगलबार उक्त अवसरमा क्या.खड्क बहादुर गुरुङले ४२ लाख
४९ हजार मुल्यको उक्त गाडी खरिद गरेको उनले जनाए ।
विश्व चर्चीत ब्राण्ड भारतमा निर्माण भएको उत्त गाडी २९ लाख ४९ हजार मुल्यमा
पोखराको सोरुममा उपलब्ध गराएको उनले जनाए । नयाँ निसान म्याग्नाइटमा २०
भन्दा बढी प्रथम श्रेणी र बेष्ट—इन सेगमेन्टका सुविधाहरु रहेको प्रखयात क्रुज
कन्ट्रोल र ३ सय ६० डिग्रि भ्यु जस्ता अन्य प्रविधिहरु समेत समावेस गरिएको
कम्पनीको दाबी छ । म्यागनाइटका हरेक मोडलमा नेपाली प्रयोगकर्ताको
आकांक्षा पुरा गर्ने उद्धेश्यले पुष बटम स्टार्ट, प्रोजेटेड एलइडि हेडल्याम्प,
लेदर सिट, १६ इन्चको डाइमण्ड कट एल्लो ह्विल लगायतका विषेशता निशाल
म्याग्नेटमा रहेको प्रबन्ध निर्देशक बरालले जनाए । एक्स.ई, एक्स.एल, एक्स.
भि.(मोनो), एक्स भि (डियुल टोन), एक्स.भि. परम्यूम (मोनो) र परम्यूम
(डियूल टोन) गाडी २९ लाख देखि ४२ लाख मुल्यका गाडीहरु हाल बजारमा उपलब्ध
भएका छन्। निशानको गाडी बिक्रिसंगै त्यसको गुणस्तरिय व्यबस्थित सर्भिस सेन्टर
समेत स्थापना गरिने भएको प्रबन्ध निर्देशक बरालले दाबी गरे ।
उक्त गाडीको बैंकिङ पाट्नरको रुपमा नविल बैंक रहेको छ । नविल बैंकले
निशानको गाडी खरिदाम ५० देखि ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने भएको नविल
बैंक पोखरा न्यूरोड शाखाका ब्रान्च म्यानेजर सुर्य रोकाले बताए । उनले भने
“ हामीले व्यक्तिको आयश्रोतको आधारमा ५० प्रतिशतसम्म लगानी गर्न सक्छौं भने
कुनै संस्थाको हकमा ७० प्रतिशतसम्म पनि हामीले लगानी गर्न सक्छौं ।” गाडी
खरिद गरेको ५ बर्षसम्म बैंकले ७.९९ प्रतिशतमा लगानी गर्ने बिचमा कुनै
व्याजदर घट बढ् समेत नहुने ब्रान्च म्यानेजर रोकाले बताए ।
आफुहरुले विना झनझट सरल ढंगबाट बैंकिङ कारोवार गराउने भएको कम्पनीको दाबी छ । अटोमावाइल्स क्षेत्रबाट नेपाल सरकारलाई सवै भन्दा बढी १ खर्र्ब १५ अर्बको
राजश्व तिर्ने गरेको अध्यक्ष खड्काले बताए । अटोमोवाइलले १६ लाख युवा
शक्तिलाई रोजगार सृजना गराएको, ४ लाख बार्षिक गाडि भित्रिदा करिब २५ हजार
देखि ५० हजार जनाले थप रोजगार प्राप्त गर्ने खड्काको दाबी छ । नेपाल
सरकारले सवारी साधनलाई अत्यावसेक भन्दा पनि विलासिता बस्तुको रुपमा हेर्ने
गरेको उनको गुनासो थियो । अटो क्षेत्रलाई चुरोट र विडीको रुपमा हेर्न
नहुने अध्यक्ष खड्काले बताए ।