ताजा खबर

पोखरा होराइजन डेन्टल क्लिनिकमा वृद्धवृद्धा, अशहाय र अपांगता भएकालाई ७५ प्रतिशत सम्म छुट

पोखरा १० फागुन

पोखराको अमरसिंहचोकमा भर्खरै सञ्चालनमा आएको पोखरा होराइजन डेन्टल क्लिनिकले वृद्धवृद्धा, अशहाय र अपांगता भएकालाई १५ देखी ७५ प्रतिशत छुट दिने भएको छ । दांत सम्बन्धी अत्याधुनिक मेसिनबाट उपचार गराउने उद्देश्यले सोमबारदेखी सञ्चालनमा आएको क्लिनिकमा गण्डकी प्रदेश भरका जिल्ला जनस्वास्थ्य कार्यालयबाट शिफारिस लिएर आउने वृद्धवृद्धा, अशहाय र अपांगता भएका दांतका विरामीहरुको उपचारमा १५ देखि ७५ प्रतिशत छुट दिइने र पोखरा महानगरपालिका वडा नम्बर १० भित्रका जनतालाई विशेष छुटको ब्यवस्था गरिएको क्लिनिकका सञ्चालकले जनाएको छ ।

सोमबारदेखी सञ्चालनमा आएको पोखरा होराइजन डेन्टल क्लिनिकको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले अत्याधुनिक सेवा सुविधा सहित पोखराको अमरसिंहमा सञ्चालित डेण्टलले वृद्धावृद्धा, अशहाय र अपांगता भएका ब्याक्तिलाई उपचारमा विशेष छुट दिएर दांतका विरामीहरुलाई विशेष राहत प्रदान गर्न खोजेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा आफ्नो ब्याक्तिगत र संस्थागत तर्फबाट समेत सहयोग र सहकार्य रहने वताए ।

त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजकुमार गुरुङले दांत सम्बन्धी उपचार त्यसमा पनि अत्याधुनिक तवरले गर्ने गरी आफ्नो वडामा सेवा सुरु गरेकोमा क्लिनिक सञ्चालकलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो वडावासीलाई समेत विशेष छुटको ब्यवस्था गरेकोमा धन्यवाद ब्यक्त गरे । अमरसिंह चोक वरपर दांतको विशेष अस्पताल नभइरहेको अवस्थामा पोखरा होराइजन डेण्टल क्लिनिकले आफ्नो सेवा सुरु गरी वडाबासीलाई घरनजिकै दांतको उपचारको सेवा प्रदान गर्नु आफैमा महत्वपूर्ण काम भएको उनको भनाइ रहेको थियो ।

सोमबारदेखी सञ्चालनमा आएको क्लिनिकमा दांत तथा मुखको परिक्षण, दांतको एक्सरे, दांत सफा गर्ने, दांत टल्काउने, मुख गन्हाउने समस्याको उपचार, गिजाबाट रगत आउने समस्याको उपचार, दांत रंगको सिमेन्ट भर्ने, दांतको जरैदेखीको उपचार, दांत तथा मुखसम्बन्धी सल्यक्रिया, साधारण दांत निकाल्ने, गिजाको सल्यक्रिया गरी दांत निकाल्ने, बुद्धि बङ्गरा माथी पलाएको गिंजा काट्ने, गिजको अप्रेशन, कृतिम दांत राख्ने, दांत रंगको वा मेटलको खोल लगाउने, बच्चाहरुको दांतको विशेष उपचार, बाङ्गो टिङ्गो दांतलाई तारले बांधेर मिलाउने लगायतका सेवाहरु प्रदान गरिने क्लिनिकका सञ्चालक डाक्टर करुणा श्रेष्ठले जानकारी दिइन ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *