ताजा खबर

कुनै सेटिङले पनि सर्वोच्च अदालतले गलत निर्णय नगर्ने नेता बरालको दाबी

समाचारकक्ष
पोखरा १०, फागुन

नेकपा गण्डकी प्रदेशका सह—इन्चार्ज श्रीनाथ बरालले कुनै पनि सेटिङको भरमा सर्वोच्च अदालले गलत निर्णय नगर्ने दाबी गरेका छन्। नेकपा पोखरा ३ कमिटिको आयोजनामा सोमबार पोखरामा भएको बिरोध कार्यक्रममा वोल्दै नेता बरालले विधि र नियम विपरितको निर्णय गर्न सर्वोच्च अदालतले कुनै पनि हालतमा गलत निर्णय नगर्ने दाबी गरेका हुन्।

नेकपाको ४ सय ४१ सदस्यहरु मध्य दाहाल नेपालको समुहमा ३ सय बढी सदस्य भएको हुनाले निर्वाचन आयोगले पनि नेकपा आधिकारी पार्टी आफुहरुले नै पाउने दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले विधि निती र कानुन मिचेकोले उनको कदम बिरुद्ध आफुहरु आन्दोलित हुनु परेको उनको भनाई थियो ।

गण्डकी प्रदेशका संसाद रामजी प्रसाद बराल (जीवन) ले हाल सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्ने कार्यमा सचेत हुन आग्रह गरेका छन्। उनले भने “संसद विघटन गरेको यो प्रतिगमनकारी सरकारले हाल सस्तो लोकप्रियताको लागि लालपुर्जा वितरण गर्न पनि खोजेको हुन सक्छ यसमा सम्पूर्ण सुकुम्बासीहरु यसमा सचेत भएर आफ्नो अधिकार लिन अग्रसर हुनु पर्छ । ” अर्जुन छन्त्याल जस्तो क्रान्तिकारी नेता हाल प्रतिगमनकारी समुहमा लागेकोले उहाँलाई तत्काल दाहाल नेपाल समुहमा फर्किन नेकपाका प्रदेश सदस्य समेत रहेका सांसद बरालले आव्हान गरेका छन्।

नेकपा पोखरा ३ कमिटिका अध्यक्ष भिम गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा प्रदेश सदस्य कृष्ण नेपाली, तुल्सीघाट पूर्वाधार एवं बाटो निर्माण समितिका अध्यक्ष सहदेव वानिया लगायतले सत्य र सर्वपरि जनहितको लागि वोल्नु पर्ने समय आएकोमा जोड दिएका थिए ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *