
समाचारकक्ष
पोखरा ७, फागुन
७१ औं प्रजातन्त्र दिवसको अवसरमा सृजना विकास केन्द्रको आयोजनामा आज(शुक्रबार) पोखरामा आयोजना भएको खुल्ला रंत्तदान कार्यक्रमबाट ५९ यूनिट रंत्त संकलन भएको छ । संस्थाका प्रथम उपाध्यक्ष ६५ औं यूनिट रंक्तदान गरेका कृष्ण बहादुर थापालाईकार्यक्रमका प्रमुख अतिथी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.बुद्धिबहादुर थापाले व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
केन्द्रका अध्यक्ष इन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको रंत्तदान कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बराल, क्षेत्रिय रंक्त संचार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञावाली, केन्द्रका सल्लाहकार सोमनाथ बराल, प्रथम उपाध्यक्ष कृष्ण थापा, कार्यक्रम संयोजक अशोक श्रेष्ठ, महासचिव चन्द्र गिरी लगायतले रंक्तदानको बारेमा चर्चा गरेका थिए ।