ताजा खबर

मुख्यमन्त्री कप भलिवल प्रतियोगितामा शनिबार फाइनल खेल हुने

डि.एन.बी.
पोेखरा ७, फागुन

पोखरामा जारी प्रदेश स्तरिय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्र्तगत भोलि (शनिबार) फाइनल खेल हुने भएका छन्। उपाधिको लागि महिला तर्फ पर्वत र म्याग्दी बिच फाइनल खेल हुने भएको छ भने पुरुष तर्फको फाइनल खेलमा तनहुँले स्याङजाको सामना गर्ने भएको हो ।

पोखरा रंगशालाको भलिवल कोर्टमा शनिबार दिउँसो १ः०० बजे पछि फाइनल खेल सुरु हुने भएको प्राविधिक प्रमुख एवं अन्तराष्ट्रिय भलिवल रेफ्रि टहलसिंह थापाले बताए । महिला तर्फ शुक्रबारको खेलमा कास्कीले पर्वतसंग सोझो तीन सेटमा पराजित भएको छ । कास्कीलाई पर्वतले २५—१५, २५—२३ र २५—१२ को सोझो सेटमा पराजित गरी फाइनलमा यात्रा बनाएको हो । अर्को सेमिफाइनल खेलमा म्याग्दीले तनहुँलाई २५—११, २५—१९ र २५—१३ को सोझो सेटमा पराजित गरी फाइनलमा प्रबेश गरेको हो । तेश्रो स्थानको लागि कास्की र तनहुँ बिच खेल हुने भएको छ ।

त्यस्तै पुरुष तर्फको भलिवल खेलको पहिलो सेमिफाइनलमा स्याङजाले पर्वतलाई ३—१ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो । स्याङजाले पर्वतलाई २५—२०, २५—१७, २५—२७ र २५—१७ को सेटमा पराजित गरेको हो । अर्को सेमिफाइनल खेलमा भने तनहुँले म्याग्दीलाई २१—२५, ३२—३०, २५—१४ र २५—२० को सेटमा पराजित गरी फाइनलमा प्रबेश गरेको हो । तेश्रो स्थानको लागि म्याग्दी र पर्वत बिच शनिबार खेल हुने भएको छ ।
मनाङ बाहेक गण्डकी प्रदेशका १० वटा जिल्लाको सहभागिता रहेको प्रतियोगितामा कास्की महिला तथा पुरुष दुबै टिम प्रतियोगिताबाटै बाहिरिएको छ ।

भलिवल खेलको प्रबद्र्धन गर्न र जनसहभागिता बढाउन, भलिवल खेल मार्फत पर्यटन प्रबद्र्धन गर्न, उत्कृष्ट खेलाडी पहिचान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन पनि उत्त प्रतियोगिता पहिलो पटक पोखरामा आयोजन गरिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले बताए । नवौं राष्ट्रिय खेलकुदको लागि उत्कृष्ट खेलाडी छनौट गरी बन्द प्रशिक्षणमा कम्तिमा एक महिना राखि गण्डकीको उत्कृष्ट टिम तयार पार्ने योजना रहेको अध्यक्ष पराजुलीले
जनाए ।
प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टिमले जनही नगद २÷२ लाख, उपविजेता टिमले जनही नगद १÷१ लाख तथा तेश्रो हुने टिमले जनही ५०÷५० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको प्रतियोगिता संयोजक खगेन्द्र गौचनले बताए । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई जनही ५÷५ हजार, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले समेत नगद ५–५ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने संयोजक गौचनले बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *