डि.एन.बी.
पोखरा २, फागुन
पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित हुने गरी निर्माण गर्ने भनिएको सुइमिङ पुल र सुटिङको ट्रेनिङ सेन्टर हाल मोविलाइजेशनको फन्ट (रकम) कम भएकोले गर्दा निर्माण कार्य अघि बढ्न सकेको छैन्। हिटिङ सहितको सुइमिङपुल र सुटिङ टे«ेनिङ सेन्टर निर्माणको लागि करिब ३० देखि ३५ करोड लगानी आवश्यक भए पनि हाल ५० लाख रुपैया मात्र विनियोजन भएकोले निर्माणको काम अघि बढ्न नसकेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार शिलवालले बताए ।
गण्डकी प्रदेशको राजधानि पोखरामा हुने नवौं खेलकुदको लागि पोखरा रंगशालमा हिटिङ सहितको सुइमिङपुल र सुटिङको ट्रेनिङ सेन्टर स्थापना गरी छाड्ने उनको दाबी छ । आइतबार पोखराका पत्रकारसंग कुराकानी गर्दै सदस्य सचिव विष्टले नवौं खेलकुद हुनु पूर्व आगामी एक बर्ष भित्र उक्त खेलकुदको भौतिक संरचना निर्माण गर्ने दाबी गरेका हुन्। पोखरा रंगशालाको १ अर्ब २८ करोडको परियोजना हाल अलपत्र जस्तै भएको छ यसको फिनिसिङ कहिले हुन्छ भन्ने पत्रकारको प्रश्नमा सदस्य सचिव विष्टले अगामी ६ महिना भित्र भिआइपि प्यारापिट, चेनिजङ रुम सहितको फिनिसिङको काम सम्पन्न हुने बताएका हुन्। पोखरा रंगशालाको दक्षिण पट्टिको भागमा सेतीनदी भाषिने जोखिम भएकोले जोखिम न्यूनिकरण गर्न बृक्षारोपण तथा गल्फ कोर्ष समेत संचालन गर्ने योजना रहेको उनले बताए ।
कोरोनाले गर्दा यस बर्षको फागुन २० गते देखि हुने भनिएको नवौं राष्ट्रिय खेलकुद अर्को बर्षको मंसिर देखि फागुन भित्रमा गर्ने योजना रहेको सदस्इ सचिव शिलवालले बताए । उनले भने “ देशको राजनीतिले पनि खेलकुदलाई अर्थ राख्छ, यदि सर्वेच्चको अदालतको निर्णय कस्तो आउछ, त्यसमा पनि हाम्रो खेल गतिविधिहरुको तिथिमिति तय गर्नु पर्छ, निर्वाचनको समयमा ठुला राष्ट्रिय स्तरका खेल गतिविधि गर्न हामी सक्दैनौं ।” देशको र
ाजनीतिक अबस्था हेरी आफुहरुले ३ महिनाको समयमा नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न सक्ने सदस्य सचिवको दाबी छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको करिब एक बर्ष हुँदा पनि हालसम्म पोखरामा भएको करिब दुई करोड रुपैया अझै भुत्तानी हुन बाँकी रहेको बिषयमा प्राविधिक कारणले गर्दा ढिलाई भएको उनको भनाई छ ।