डि.एन.बी.
पोेखरा २, फागुन
कास्की जिल्ला भलिबल संघको आयोजनामा आउँदो मंगलबार देखि पोखरामा सुरु हुने प्रदेश स्तरिय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । यही फागुन ८ गतेसम्म पोखरा रंगशालाको भलिवल कोर्टमा संचालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगितामा हिमालपारीको जिल्ला मनाङ बाहेक गण्डकी प्रदेशका १० वटा जिल्लाको सहभागिता हुने भएको प्रतियोगिता संयोजक खगेन्द्र गौचनले बताए । हाल हिउँ परी अत्याधिक चिसोको कारण मनाङबाट यस प्रतियोगितामा महिला तथा पुरुषको सहभागिता गराउन नसकिएको यद्यपी प्रदेशका अन्य कास्की सहित १० वटा जिल्लाको सहभागिता हुने भएको उनले जनाए ।
भलिवल खेलको प्रबद्र्धन गर्न र जनसहभागिता बढाउन, भलिवल खेल मार्फत पर्यटन प्रबद्र्धन गर्न, उत्कृष्ट खेलाडी पहिचान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन पनि उत्त प्रतियोगिता पहिलो पटक पोखरामा आयोजन गर्न लागिएको संघका अध्यक्ष भिम पराजुलीले बताए । लिग कम नकाउनका आधारमा उक्त प्रतियोगिता खेलाइने भएको हो । नवौं राष्ट्रिय खेलकुदको लागि उत्कृष्ट खेलाडी छनौट गरी बन्द प्रशिक्षणमा कम्तिमा एक महिना राखि गण्डकीको उत्कृष्ट टिम तयार पार्ने योजना रहेको अध्यक्ष पराजुलीले जनाए ।प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टिमले जनही नगद २÷२ लाख, उपविजेता टिमले जनही नगद १÷१ लाख तथा तेश्रो हुने टिमले जनही ५०÷५० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई जनही ५÷५ हजार, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले समेत नगद ५–५ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने संयोजक गौचनले बताए । प्रतियोगिताबाट करिब ५५ लाख आम्दानी हुने अपेक्षा गरिएको उनलदे जनाए । ५ दीन संचालन हुने प्रतियोगिता सम्पन्न गर्न ५४ लाख ३४ हजार खर्च लाग्ने संघले जनाएको छ । संघले प्रतियोगिताबाट करिव ६५ हजार वचत हुने अपेक्षा गरेको छ ।
उक्त प्रतियोगिता अवलोकनको लागि अन्य दिनमा ५० र सेमिफाइनल र फाइनल खेलमा भने एक सय रुपैया शुल्क तिर्नु पर्ने संघले जनाएको छ । पत्रकार सम्मेलनमा सहभागि भएका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार शिलवालले पोखरामा खेलकुदको धेरै सम्भावना भएकोले यहाँ अब खेल गतिविधि अघि बढाउन आग्रह गरे ।