ताजा खबर

खेलकुदको लगानी उत्पादनशिल क्षेत्र नै भएको शिलवालको दाबी

डि.एन.बी.
पोेखरा २, फागुन

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार शिलवालले खेलकुदको लगानी उत्पादनशिल क्षेत्र नै भएको दाबी गरेका छन्। राष्ट्रिय खेलकुद परिषदको आयोजनामा पोखरामा आइतबार देखि सुरु भएको दुई दिने खेलकुद अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै सदस्य सचिव शिलवालले खेलकुदको लगानी उत्पादनशिल क्षेत्रमा जस्तै भएको दाबी गरेका हुन्।

उनले भने “खेलकुदको लगानी वालुवामा पानी हालेसरी हो भन्नु गलत सोच हो, कोरोनाले गर्दा देशमा २ हजार करिब ४० जनाको ज्यान गएकोमा के यसमा खेलाडीको ज्यान गएको छ, खेलाडीहरुमा केही न केही रोगसंग लड्न सक्ने क्षमता बढी हुने छ । ” खेलकुद क्षेत्रको स्तर बृद्धिको लागि परिषदले ७ वटै प्रदेशका जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, कर्मचारी, प्रशिक्षक, खेल संघ र खेलाडीहरुलाई प्रादेशिक रुपमा उक्त अभिमुखिकरण तालिम संचालन गरिएको उनले जनाए ।

कुनै पनि प्रदेशले राम्रो नतिजा ल्याउने हो भने उनीहरुलाई विभागियमा जान रोक्नबाट विभागियले दिएको सेवा सुविधा भन्दा एक रुपैया बढी दियर राख्न प्रदेशका खेल सम्बद्ध संघ संस्थालाई सदस्य सचिव शिलवालले आग्रह गरे । टाइगर कप भलिवलमा पुरुष तर्फ गण्डकी प्रदेशले विभिन्न क्षेत्रबाट बटुलेर पनि उपाधि जितेकोले राम्रा खेलाडीहरुको प्रदेशमै राखेर उनीहरुको व्यबस्थापन गर्नु पर्ने उनको भनाई थियो । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव भक्त बहादुर ढकालले कोरोनाले प्रभावित भएको खेल क्षेत्र पुनः लयमा फर्किन लागेको बताए । संघिय मोडल अनुसार खेलकुद एन ल्याउनको लागि हाल केही दफाको संसोधन र नियमावली आवश्यक भएको उनले बताए ।

राखेपका सदस्य राजेश कुमार गुरुङले खेलकुदमा आफुले केही नगर्ने तर अर्कोको आलोचना गर्नुले कसैलाई फाइदा नपुग्ने बताए । अर्को बर्ष हुने नवौं खेलकुद पोखरामा धेरै खेलहरु संचालन हुने गरी अब तयारीमा जुट्नु पर्ने समय आएको उनको भनाई थियो । राखेप सदस्य सम्पन्न श्रेष्ठले खेलकुद नयाँ टेक्नोलोजि अनुसार अघि बढ्नु पर्नेमा धुवा धुलोमा रुमलिएको जिकिर गरे ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका खेलकुद विकास समितिका कार्यालय प्रमुख, कर्मचारी, खेल संघ, खेलाडी एवं प्रशिक्षक तथा खेल पत्रकारहरुको सहभागि रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

Related posts