
डि.एन.बी.
पोखरा ३०, मघ
भोलि (शनिबार) पोखरामा हुने १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको अन्तिम तयारी पूरा भएको छ । भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार बिहान ७ः०० बजे सुरु हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पुरा भएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए ।
म्याराथनमा यस बर्ष १ सय ९८ जना धावकहरु सहभागि हुने भएका छन् भने महिला तर्फको हाप म्याराथनमा २२ जना धावकहरु सहभागि हुने भएको अध्यक्ष गुरुङले बताए । यस बर्ष भने कोरोनाको कारणले गर्दा विदेशबाट व्यवसायीक धावकहरु उक्त प्रतियोगितामा सहभागिता जनाउने सम्भावना नभएको मञ्चले जनाएको छ । यद्यपी विदेशी कुटनितीक नियोग तथा अन्य केही विदेशीहरु भने उक्त प्रतियोगितामा सहभागि हुने भएकाछन्। कोरोनाले प्रभावित भएको खेल क्षेत्रलाई प्रबद्र्धन गर्न र सफल पोखरा म्याराथनलाई निरन्तरता दिन पनि यस बर्ष उक्त प्रतियोगितामा सके सम्मको आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्ने भएको अध्यक्ष गुरुङले बताए ।
४२.१९५ किलोमिटर दौड (म्याराथन) का विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, शान्त्तोना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाणा—पत्र प्राप्त गर्ने भएको अध्यक्ष गुरुङले बताए । नेपाल पर्यटन वोर्डको प्रबद्र्धनमा संचालन हुने उक्त प्रतियोगिताले पोखराको खेलपर्यटनलाई समेत प्रबद्र्धन गर्ने भएको अध्यक्ष गुरुङले जनाए । उक्त प्रतियोगिता सफल पार्न करिब ३ सय सुरक्षाकर्मी एक सय ५० स्वयमसेवक परिचालन गरिने तथा करिब ३÷४ किलोमिटर दुरीमा एम्बुलेन्स सेवा तयारी अबस्थामा राखिने भएको उनले जनाए । उक्त दौड प्रतियोगिता शनिबार विहान ७ः०० बजे पोखरा रंगशालाबाट सुरु भई छोरेपाटन, लेकसाइड, भिमकालिपाटन, इन्जिनीयरिङ कलेज मध्यमपथ हुदै बगर, नारायणथान पुल हुदै सितलादेवि , मियापाटन, चाउथे, भोटेचौचारा मझेरीपाटन रामबजार हुदै रंगशालासम्मको रुट तय गरिएको छ ।
महिला धावकहरुलाई समेत प्रोत्साहन हुने गरी यस बर्ष देखि हुन लागेको २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगितामा विहिबारसम्म १९ जना प्रतियोगिहरुले सहभागिता जनाउने गरी नाम दर्ता गरेको मञ्चले जनाएको छ । महिला तर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपबिजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र शान्त्वना हुनेले भने १५ हजार नगद प्राप्त गर्ने भएको भएको मञ्चका प्रमुख कार्यकार्य अधिकृत केशव पाठकले बताए ।
उक्त प्रतियोगितामा धावकले पोखरा रंगशालाबाट दौड सुरु गरी पृथ्बीचोक, छोरेपाटन, पार्दी, लेकसाइड, न्यूरोड, गैरापाटन, पालिखेचोक, नारायणथान मन्दिरचोक, नेपाल टेलिकल हुदै गिता मन्दिर हस्पिटलचोक, बुद्धचोक रंगशालासम्मको यात्रा पुरा गर्नु पर्ने हुन्छ । प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख ६० हजार खर्च लाग्ने भएको मञ्चका अध्यक्ष गुरुङले जनाए । प्रतियोगितालाई सफल पार्न मुख्य प्रायोजक लक्ष्मी हाउसको उत्पादन सफल दुधले यस बर्ष ४ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको उनले जनाए ।