
डि.एन.बी.
पोखरा २९, माघ
नेपाल पुलिस क्लव पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनसिप भलिवल प्रतियोगिताको फाइनलमा प्रबेस गरेको छ । महिला तर्फको खेलमा पुलिसले ६ अंक सहित फाइनलमा यात्रा बनाएको हो ।
न्यू डायमण्ड एकेडेमीले भने ५ अंक सहित दोश्रो स्थानमा रहेको छ । विहिबार भएको खेलमा न्यू डायमण्डले विभागिय टोली नेपाल पुलिस क्लवलाई २७—२५, २९—३१, २७—२५ र २५—१६ को सेटमा पराजित गरेको हो । विहिबार भएको महिला तर्फको पहिलो खेलमा शसस्त्र प्रहरी वलको एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई १८—२५, २७—२५, २५—१७, २०—२५ र १५—७ को सेटमा पराजित गरेको हो । आर्मी र एपिएफले भने समान २÷२ अंक प्राप्त गरेको प्रतियोगिताका टेक्निकल निर्देशक राजन पौडेलले बताए ।
पोखरा रंगशालामा विहिबार पुरुष तर्फको खेलमा त्रिभुवन आर्मी क्लवले एपिएफलाई सोझो तीन सेटमा पराजित गरेको हो । आर्मीले एपिएफलाई २५—२३,२५—२१ र २५—१८ को सेटमा पराजित गर्दै आर्मीले ३ अंक प्राप्त गरेको छ । घरेलु टिम गण्डकी प्रदेशले ३ अंक प्राप्त गर्दा नेपाल पुलिसले ४ अंक प्राप्त गरेको छ भने एपिएएफले २ अंक प्राप्त गरेको हो ।
शुक्रबार लिग चरणका अन्तिम महिला तथा पुरुष तर्फका तीन खेल हुने भएका छन्। प्रतियोगिताको फाइन खेल शनिबार हुने भएको टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले बताए । प्रतियोगितामा विजेता टोलीलाई जनही १ लाख ५० हजार, उपविजेता टोली महिला तथा पुरुषको टोलीलाई पनि जनही ७५ हजार, तेश्रो हुनेलाई ३५÷३५ र शान्त्वना हुनेलाई जनही १५÷१५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा सर्वोउत्कृष्ट हुने महिला तथा पुरुष तर्फका एक एक जना खेलाडीलाई जनही २० हजार प्रदान गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाइकरलाई जनही ५÷५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।