ताजा खबर

पत्रकार आलेलाई मातृ शोक

पोखरा, माघ २९

नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य उमा आले मगरलाई मातृ शोक परेको छ । आलेकी आमा शोभा आले मगरको ५० वर्षको उमेरमा उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बुधबार राति निधन भएको हो । उहाँ जण्डिसबाट पीडित हुनुहुथ्यो । पोखरा महानगरपालिका वडा नम्बर १५ निवासी उहाँका श्रीमान, २ छोरी र १ छोरा हुनुहुन्छ ।

यसैबिच, प्रेस संगठन कास्कीले छुट्टा छुट्टै शोक विज्ञेप्ति निकाल्दै संगठनकी सदस्य उमा आलेकी आमाको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रेस संगठन कास्कीका संयोजक माधव बराल र सहसंयोजक सन्देस श्रेष्ठले दुई शोक विज्ञेप्ति जारी गरेका हुन्। शोक विज्ञप्तिमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ । विज्ञप्तिमा यस दुखत् घडीमा उमा आलेमगरसहित शोक सन्तप्त परिवार जनामा हार्दिक समवेदना प्रकट गरिएको छ ।

पत्रकार उमाले आफ्नो फेसवुक स्टाटसमा लेखिएको आमा प्रतिको भावना जस्ताको तस्र्तै ः

अलबिदा आमा

दैबको यो लेखालाइ चाहेर पनि रोक्न सकिएन आमा, तिमिलाइ रुदै बिदाइ गर्नुको बिकल्प रहेन अब हामि सङग ।दैब पनि कति निस्ठुरि एति चाडै तिमिलाइ हामि बाट चुडेर लग्यो ।

जिबनभर तिमिले हामिलाइ दुख गरेर हुर्काएउ बढायौ पढायौ अहिले हामिले सुख दिने बेलामा तिमि हामि सङ्ग छैनौ । तिमि लायक आमा बनेउ तर हामि नालायक सन्तान बनेउ । यो जुनिमा यस्तै भयो मिल्यो भन्यो अर्को जुनिमा तिम्रो दस धारा दुधको भाडा र हामिलाइ जन्म दिएको रिन अबस्य तिर्ने छु । यो जुनिमा हामिले तिमिलाइ जति धेरै दुख दिएर रुवाएउ हुन सक्छ भने माफि देउ

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *