
पोखरा, माघ २७
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा यहि फागुन १ गते हुने “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन जिल्ला प्रशासन कार्यालय कास्की सहित विभिन्न शुरक्षा अङका प्रमुखहरुले प्रतिवद्धता जनाएका छन ।
मञ्चको आयोजनामा सम्पन्न एक अन्तक्रिया कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले पोखराको गरिमा बोकेको पोखरा म्याराथन सफल बनाउनुपर्ने कुरामा उत्तिकै महत्वपूर्ण भूमिका हुनुपर्ने कुरामा जोड दिए । उनले भने–“कोभिड १९ को विचमा समेत पोखरा म्याराथनको निरन्तरता हुनु महत्वपूर्ण छ। यसले समाजलाई खेलकुदको माध्यमबाट स्वास्थ्यका लागि समेत खेलकूद अपरिहार्य छ भन्ने सन्देश दिने काम गरेको छ ।”
सो अवसरमा वोल्दै कास्की प्रहरीका प्रमुख प्रहरी उपरिक्षक जिवन कुमार श्रेष्ठले नेपाल प्रहरीले विगतमा झैं पोखरा म्याराथन सफल बनाउनका लागि शुरक्षा सँगै आवश्यक शुरक्षाका उपायहरुलाई अझै वढि कृयाशिल रुपमा अघि बढाउने प्रतिवद्धता बनाउने जाहेर गरे ।
कार्यक्रममा पोखरा म्याराथनको प्रस्तुती दिंदै भूतपुर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज बहादुर गुरुङले कोरोनाले प्रभावित भएको समग्र खेलकुदलाई चलायमान बनाउन पनि यस बर्षको सफल पोखरा म्याराथनले थप उर्जा थप्न विभिन्न संघ संस्थाहरुसंग सहकार्यको लागि विगतमा जस्तै गरी छलफलमा जुटेको भूतपुर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज बहादुर गुरुङले बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघमा हालै उपाध्यक्ष पदमा निर्वाचित मञ्चका आजिवन सदस्य गोकर्ण कार्कीलाई अध्यक्ष गुरुङले मञ्चकातर्फबाट स्वागतका साथै बधाई दिएका थिए ।
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, राष्ट्रि अनुशन्धान कास्कीका प्रहरी उपरिक्षक नविन अधिकारी, शसस्त्र प्रहरी कालिका गणका प्रहरी उपरिक्षक विश्ववन्धु पौडेल, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, नेलोम्वो नेपालका अध्यक्ष एकदेव देवकोटा, गैर आवाशिय नेपाली संघ युकेका पूर्व अध्यक्ष मेजर डम्वर घले एमभिओ लगाएतले पोखरा म्याराथनलाई सफल बनाउन सवैको सहयोग रहने प्रतिवद्धता जनाए ।
फागुन १ गते म्याराथन सहित महिलाहरुको
लागि २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता समेत हुने भएको छ । ४२.१९५ किलोमिटर दौड (म्याराथन)का विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, सान्त्वना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरी महिला तर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपबिजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र शान्त्वना हुनेले भने १५ हजार नगद प्राप्त गर्ने छन ।