ताजा खबर

फेवाबाध मर्मतको कार्य अवलोकन गर्दै सांसद बराल

समाचारकक्ष
पोखरा २७, माघ

गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले पोखराको फेवा बाधको अवलोकन गरेका छन्। पोखराको पर्यटकीय गन्तव्य फेवातालको पानीको सहत घटेसंगै मंगलबार फेवा बाधमा पुगेर सांसद बरालले अवालोकन गर्दै गुणस्तरिय ढंगले रवरशिल फेर्नु पर्ने सुझाव दिएका छन्।

फेवातालको पानीको सहत घटेको समयमा केहीले फेवातालको जग्गा अधिग्रह समेत हुन सक्ने भएकोले जति सक्दो छिटो र प्रभावकारी ढंगले रवरशिल फेर्नुपर्ने सांसद बरालको भनाई छ । फेवा बाधका अप्रेटर रेसम आलेले जिर्ण भएको बाधको बारेमा बताएका थिए । जिर्ण भएको बाधमा राखिएको रवरशिल पानीले खियाउदै सकिएकोले हाल पानी चुआवट भएको उनले जनाए । उक्त बाध मर्मतको लागि रवरशिल फेर्न हाल दैनिक जसो ३÷४ जना कामदार खटिदै आएका छन्।

बाधको रवरशिल र लन्चिन एप्रोन(शुसन) पानीले खिएका कारण बाधबाट पानी चुआवट भएकोले त्यसको मर्मतको कार्य करिब ३८ बर्ष पछि पुनः मर्मत गर्न थालिएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख कीरण अाचार्यले बताए । उनका अनुसार गत बर्ष कार्यालयले फेवातालको बाधको अध्ययन अवलोकन सहितको प्रतिवेदन तयार गरी तत्काल बाध मर्मत गर्नु पर्ने भनी गण्डकी प्रदेश सरकारलाई राय पेश गरे बमोजिम यस चालु बर्ष बाध मर्मतमा एक करोड लाग्ने भएको हो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *