समाचारकक्ष
पोखरा २४, माघ
राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालले शनिबार पोखरामा एक दिने तनाव व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको छ । ओम शान्तिको पोखराको पार्दी विरौटा शाखाको सभाहलमा शनिबार भएको उक्त कार्यक्रममा यूनियनका पदाधिकारी सहित जिफन्टका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठ, उपाध्यक्ष एवं गण्डकी प्रदेशका सांसद मीना गुरुङ, जिफन्टका नेता जनकचौधरी, रुद्र खत्रि, जिफन्ट सदस्य एवं यूनियनका निवर्तमान पूर्व अध्यक्ष पम्फा पहारीे लगायतको सहभागिता रहेको थियो ।
पछिल्लो समयमा मानिसहरुको व्यस्तताले गर्दा आफ्नो शरीरलाई समेत मानिसले ख्याल नगर्दा धेरै प्रकारका रोगहरु निम्तिने हुँदा तनाव व्यबस्थापन, ध्यान गर्न आवश्यक भएको राजयोगीनी अप्सरा दीदीले बताइन्।
कार्यक्रममा बोल्दै जिफन्ट अध्यक्ष श्रेष्ठले सवैले सकरात्मक ढंगले अघि बढ्नु पर्ने बताए । सांसद गुरुङले अस्वस्थ्य प्रतिष्प्रर्धामा जानु भन्दा स्वस्थ्य प्रतिष्प्रर्धा गर्ने, सकरात्मक सोचको विकास सहित योग र ध्यान तर्फ बढी केन्द्रित हुन आग्रह गरिन्।ब्रमकुमार शिशिर रेग्मीले मानवले अर्को व्यत्तिलाई जस्तो व्यवहार गर्यो त्यसको फल उस्तै हुने बताए ।
ओम शान्ति पार्दी विरौटा शाखाकी प्रमुख राजयोगीनी अप्सरा दीदीले उक्त तालिममा सहजीकरण गरेकी थिइन्। यूनियनको शनिबार बैठक समेत बसेको यूनियनका अध्यक्ष सुमन गुरुङले बताइन् । उनका अनुसार यूनियनको बैठकले नगर, महानगर, हुदै प्रदेशको अधिवेसन भदौं भित्र सम्पन्न गराएर भदौंमा केन्द्रिय महाधिवेसन गर्ने निर्णय गरेको छ ।