ताजा खबर

एनसेल बाह्रखरी गल्फको उपाधि पूर्व सचिव कार्कीले जिते

पोखरा २४, माघ

एनसेल बाह्रखरी गल्फको उपाधि पूव सचिव अर्जुन कार्कीले जितेका छन् । पोखराको हिमालयन गल्फकोर्समा भएको आमन्त्रण गल्फ प्रतियोगितामा उनले ३५ स्कोर गर्दै उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा विजयी कार्कीले सुनको बल सहित ट्रफी हात पारेका थिए । उनका निकटतम प्रतिद्वन्द्वीभारतीय खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्तगौचनले ३३ स्कोर गरेकाथिए । जसमध्ये साइनीले काउन्ट ब्याकमाउपविजेताको ट्रफी हातपारे । उपविजेताको उपाधिहातपार्न साइनीले दोस्रो हाफमा १९ स्कोर गरे । जहाँपालले १७ र गौचनले १५ स्कोर गरेकाथिए । बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हातपारे । त्यसको निम्तिउनले २८ ग्रस पोइन्ट हासिल गरेकाथिए ।

महिलातर्फको स्पर्धामा रेखा घिमिरे २३ अंकप्राप्तगर्दै विजयीबनिन् । जसमापोर्जुगलका खेलाडी सोफीह्यामनले १८ स्कोर गरेर दोस्रो भइन् । ६० वर्षमाथिका खेलाडीको स्पर्धामाटेन्डी शेर्पा ३० अंक बटुलेर विजयीभए ।
पोखराका खेलाडी रमेश गुरुङले तीनवटा बडिज प्रहार गर्दै मोस्ट बडीजतर्फको उपाधिहातपारे । त्यस्तै क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट डइभको उपाधिजिते । चौथो होलमा राखिएको होल इनवानकारको उपहार प्राप्तगर्न प्रतियोगिताका७४ खेलाडी सफलहुन सकेनन् । तथापीक्लोजेस्ट टु द पिनको उपाधिपोखराका खेलाडी बलरामथापाले हातपारे । उनीहोल इनगर्नबाट ६ इञ्चको दुरीबाट चुकेकाथिए ।

यो एक दिवसीयप्रतियोगिता १८ होल स्टेबल फोर्ड फर्म्याटमा तीनचौथाइ ह्यान्डीक्यापमा खेलाइएको थियो ।
प्रतियोगिताका नेपाली सेनाकाप्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको प्रतियोगितामाविजयी खेलाडीलाई गण्डकी प्रदेशकामुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतार संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रीभानुभक्त ढकालको प्रमुखआतिथ्यमा सम्पन्नभएको थियो ।

समापन समारोहमामुख्यमन्त्री गुरुङले प्रतियोगिताले पोखरामाआफूहरुलाई पर्यटकको सम्भावनालाई उत्कृष्ट बनाउन सफलभएकोबताए । साथै बाह्रखरीले पोखराको पर्यटनमा नयाँआयामल्याएको उनले बताए ।
“पर्यटकको आगमनको प्रतिक्षामाथियौँ । यसै समयमाबाह्रखरीले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथप्रतियोगिताआयोजना गर्यो । यसलाई हामीले सहजै रुपमास्वीकार गर्यौँ । कोरोनाकाकारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न यो प्रतियोगिताले ठूलो भूमिका खेलेको छ,” गुरुङले भने ।

उनले बाह्रखरीले गरेको कार्यक्रमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताउँदै अबआउँदो प्रतियोगितामनाङमागर्न अनुरोध गरेकाथिए । यस्तो खाले प्रतियोगिताले पर्यटन क्षेत्रमा राहतमिल्ने भएकाले फरक–फरक क्षेत्रमाप्रतियोगितागर्न सुझावदिएकाथिए । मन्त्री गुरुङले कार्यक्रमकालागि सहयोग गर्ने एनसेललगायतकाकर्पोरेट संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेकाथिए । त्यस्तै पर्यटन मन्त्रीभानुभक्त ढकालले ‘एनसेल बाह्रखरी गल्पm’ले पर्यटन क्षेत्रको प्रर्वद्धन गर्न भूमिका खेलेको बताए । पर्यटन प्रवर्द्धन गर्नकालागि यस्ता खालकागतिविधिआवश्यक रहेको बताउँदै उनले पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिनगल्फप्रतियोगिता सफलभएको बताए ।“सरकारले आफ्नो क्षमताले भ्याएसम्मव्यवसायीहरुलाई राहतदिइरहेको छ । पर्यटनसँग सम्बन्धितगतिविधि बढाएर आन्तरिक पर्यटकलाई आकर्षित गर्न व्यवसायीहरुले पनिआफ्नोतर्फबाट भूमिका खेल्नु पर्छ,” ढकालले भने ।

मन्त्री ढकालले पनिएनसेललगायतकाकर्पोरेट क्षेत्रको सहयोगमाकार्यक्रमगर्न सफलभएको भन्दै बाह्रखरीलाई धन्यवाद ज्ञापन गरेकाथिए । समापानसमारोहमाआफ्नाधारणा राख्दै एनसेलकाप्रमुखकार्यकारी अधिकृत एन्डी चोङ्गले बाह्रखरीसँगको सहकार्यले पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न पाउँदाआफूलाई खुसीलागेको बताए ।
विगतकावर्षहरुझैँ यो वर्ष पनिबाह्रखरीले कोभिड १९ को महामारीले असर गरेको बेलामाकार्यक्रमगर्ने साहस देखाएको भन्दै प्रशंसा गरेकाथिए । “बाह्रखरीले हरेक वर्ष हामीसँग सहकार्य गर्दै सफलतापूर्वक गल्फप्रतियोगिताआयोजना गर्छ । यो वर्ष यस्तो अवस्थामागल्फगर्ने साहस देखाएकोमाहामीखुसी छौँ । यो कुरालाई हामी सबैले प्रोत्साहनगर्नुपर्छ,” चोङ्गले भनेकाथिए । यस्तै बाह्रखरी मिडियाका अध्यक्षप्रती कप्रधानले गल्फप्रतियोगिताआयोजनागर्न प्रमुखप्रायोजकएनसेलसहितअन्य सहयोगीकर्पाेरेट संस्थाहरुलाई धन्यवाददिएकाथिए ।

पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि नै पोखरामागल्फप्रतियोगिताआयोजनागरिएको भन्दै उनले यसले पोखरासहित नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममाउपस्थितपाहुनाकालागिबाह्रखरी मिडियाका प्रबन्धनिर्देशकज्ञानेश्वर आचार्यले धन्यवाद ज्ञापन गरेकाथिए ।विभिन्न स्पर्धामाविजयी खेलाडीहरुलाई सशस्त्रप्रहरी बल नेपालकामहानिरीक्षकसैलेन्द्र खनाल, वरिष्ठ कलाकारद्वयमदनकृष्ण श्रेष्ठ र हरिवंशआचार्य, अभिनेतृ मनिषाकोइराला, मिस नेपालनम्रताश्रेष्ठले सम्मान गरेकाथिए । कोभिड–१९ ले संसारभरकै पर्यटन क्षेत्रलाई आक्रान्तपारेको वर्तमानअवस्थामा नेपालको पर्यटन क्षेत्र पनि अछुतो नरहेको र नेपालको पर्यटकीय राजधानीपोखराको पर्यटनमा नवीनऊर्जा सञ्चार गराउनसके यसले सम्पूर्ण पर्यटन क्षेत्रलाई नै उत्साहित र सकारात्मकगतिदिने विश्वासका साथ यो वर्ष पोखरामा ‘एनसेल बाह्रखरी गल्फ’आयोजनागरिएको हो ।प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथागल्फ खेलाडीको सहभागिता रहेको थियो ।
गल्फरबाहेककापाहुनाकालागि अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, बन्जीजम्पिङ्, ¥याफ्टिङ, क्यानोनिङ र डुंगा सयरको व्यवस्थागरिएको थियो । त्यस्तै पोखरामाआन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रतिविशेष जागरुकता फैलाउने उद्देश्यले शुक्रबार साइकल ¥यालीआयोजनागरिएको थियो ।

¥यालीको पोखराका मेयर मानबहादुर केसीले उद्घाटन गरेकाथिए । एनसेल प्रमुखप्रायोजक रहेको गल्फप्रतियोगितामा खेलाडीसहित चार सय पाहुना सम्मिलितहुनेछन् ।
प्रतियोगितामाउपस्थितपाहुनाकालागि १६ वटाभन्दा बढी होटलमा बस्ने व्यवस्थागरिएको छ भने रेष्टुरेन्ट एवम् बार एशोसिएसनपोखरासँग आवद्ध २५ बढी रेष्टुरेन्टमा बाह्रखरीकापाहुनाकालागिविशेष छुटको व्यवस्थागरिएको थियो । एनसेल प्रमुखप्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपालपर्यटनबोर्ड, गण्डकी प्रदेश सरकार तथापोखरा महानगरपालिकाको सहकार्य रहेकोथियो ।अन्यप्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपालइन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स, र आईएमई रहेकाथिए ।बाह्रखरी मिडिया प्रतियोगिताको प्रमुखआयोजक रहेको थियो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *