ताजा खबर

पोखरामा आम हड्तालको प्रभाव पर्यो, बिद्यार्थी नेता तिमिल्सिना रिहा

डि.एन.बी.
पोखरा २२, माघ

नेकपा (दाहाल, नेपाल) समुहले आज आव्हान गरेको आम हड्तालको प्रभाव पोखरा क्षेत्रमा पनि परेको छ । हरियो प्लेट, अत्यावसेक बाहेक पोखरामा लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सेवा प्रायः ठप्प भयो भने यहाँका उद्योग धन्दा कलकारखाना विभिन्न व्यावसाय बन्द नै हुँदा आम हड्तालको प्रभाव पर्यो ।

विभिन्त तहका बिद्यार्थीहरुको हाल परिक्षा संचालन भएकोले गर्दा आम हड्तालको दिनमा निजी सवारी साधन दुई पाङग्रे मोटरसाइकल तथा स्कुटर, केही कार तथा ट्याक्सी फाट्य फुट्य रुपमा चलेका थिए । पोखराको मुख्यचोकहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो भने महेन्द्रपुल, पृथ्बीचोक, पार्दी विरौटा लगायतका चोकमा नेकपाका नेता तथा कार्यकर्ता झण्डा सहित सडकमा बन्द गराउन उत्र्रिएका थिए ।

पोखराको महेन्द्रपुलबाट नेकपाका बिद्यार्थी नेता विनायक तिमिल्सिना पक्राउ परे पनि बेलुका ५ः०० बजे पछि छाडिएको कास्की प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका व्यत्तिलाई तिमिल्सिनाले रोक्न खोज्दा सामान्य धकेलाधकेल हुदा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ ।

कास्कीमा आम हड्तालको प्रभाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको नेकपाका कास्की इन्चार्ज राजकाजी गुरुङ (करण) ले बताए । आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध बाध्य भएर सडकमा उत्र्रिन बाध्य भएको उनले जनाए । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड÷माधव समूहले बिहीबार आम हड्तालको घोषणा गरेको हो ।

यसैबिच, नेकपा ओली पक्षका केही युवा तथा नेताहरुको एक समुहले पोखरामा बन्दको अवेज्ञा गर्दै मोटरसाइकल ¥याली समेत प्रर्दशन गरेका थिए । ओली समुह र दाहाल नेपाल समुहका नेता तथा कार्यकर्ता बिच हुन सक्ने घटनालाई मध्यनजर गरी कास्की प्रहरीले उच्च सावधानि अपनाउदै र्यालीको रुट सहित परिवर्तन गराएको थियो ।

महेन्द्रपुलमा बिहानै देखि नेकपाका केही समुहले केही सवारी साधन माथि सामान्य हातपात गरेसंगै उक्त रुटमा ओली समुहको र्याली भने अनेत्रबाट लगिएको थियो । बन्दको अवेज्ञा गर्दै बन्द गर्न पाइर्दैन, बन्द खुल्ला भयो भन्दै र्यालीमा सहभागिले महेन्द्रपुल, नयाँबजार बाहेक पोखराको अन्य क्षेत्रमा नगर परिक्रमा गरेका थिए ।
यसैबिच, नेकपा (दाहाल, नेपाल) समुहका नेता तथा कार्यकर्ताले बुधबार पोखरामा राँके जुलुस प्रर्दशन गरेका थिए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *