ताजा खबर

पोखरामा आम हड्तालको प्रभाव विहानै देखि पर्न थाल्यो, प्रर्दशनकारी र प्रहरी बिच भनाभन

डि.एन.डी.
पोखरा २२, माघ

नेकपा (दाहाल, नेपाल) समुहले आज आव्हान गरेको आम हड्तालको प्रभाव पोखरा क्षेत्रमा पनि विहानै देखी पर्न थालेको छ । पोखराको मुख्यचोकहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने महेन्द्रपुल, पृथ्बीचोक लगायतका चोकमा नेकपाका नेता तथा कार्यकर्ता झण्डा सहित सडकमा बन्द गराउन उत्र्रिएका छन्।

पोखराको महेन्द्रपुलमा नेकपाका युवा नेता युवराज खतिवडा सहितका नेता तथा कार्यकर्ता र प्रहरी बिच केही वेर भनाभन समेत भएको छ । नेता खतिवडाले ट्याक्सीलाई रोक्न खोज्दा नरोकि हिडेको भन्दै झण्डा सहितको लाठ्ठीले ट्याक्सीमा लाठ्ठी प्रहार गरे पछि भनाभन भएको हो । हालसम्म कास्कीमा आम हड्तालको प्रभाव विहानै देखि पर्न थालेको नेकपाका कास्की इन्चार्ज राजकाजी गुरुङ (करण) ले बताए । आफुहरुले अत्यावसेक र परिक्षार्थी एवं परिक्षार्थीका सहयोगीलाई बाहेक अन्यलाई सवारी संचालनमा रोक लगाएको उनले जनाए ।

महेन्द्रपुलमा बन्द गराउन उत्र्रिएका आन्दोलनकारीको हातमा भने हसिया हतौडाको मात्र झण्डा देखिन्थ्यो । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड÷माधव समूहले बिहीबार आम हड्तालको घोषणा गरेको हो । विहिबार विहान ५ः०० बजे देखि बेलुका ५ः०० बजेसम्म आम हड्तालको घोषणा भएको नेकपाले जनाएको छ ।

यसैबिच, नेकपा (दाहाल, नेपाल) समुहका नेता तथा कार्यकर्ताले बुधबार पोखरामा राँके जुलुस प्रर्दशन गरेका थिए । हालसम्म कास्कीमा कुनै अप्रिय घटना नभएको अबस्था सामान्य रहेको कास्की प्रहरीले जनाएको छ । पोखरा देखि काठमाण्डौं तर्फ करिब १२ वटा पर्यटक सहितका माइक्रोबस गएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. सुवास हमालले बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *