
पोखरा, २१ माघ
पोखरा–४, गैह्रापाटन स्थित नेलम्बो नेपालले आफ्नो कार्य क्षेत्र विस्तार गरी तनहुँको आँबुखैरेनी गाउँपालिका १ मा रहेको मित्रता माध्यमिक विद्यालयलाई कोभिड १९ लक्षित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ।
संस्थाले गत चैत्र महिना देखि कास्कीका स्थानीय निकाय, विद्यालय तथा विभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गर्दै आएकोमा पछिल्लो पटक मंगलवार तनहुँको विद्यालयलाई पनि सहयोग गरेको हो ।
एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीष्मकान्त गौली, प्रधानाध्यापक सरितादेवी पौडेललाई संस्थाका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले ति सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि वडाध्यक्ष किसन थापाले नेलम्बो नेपालले छोटो समयमा गरेको आग्रह स्वीकार गरि विद्यालयमा आएर सहयोग गरेको प्रति आभार प्रकट गर्दै संस्थाको उज्ववल भविष्यको कामना गरे।
प्रधानाध्यापक सरितादेवी पौडेलले कास्की स्थित नेलम्बो नेपाललाई स्वागत गर्न पाउँदा खुशी लागेको जनाउँदै संस्थाले विद्यालयलाई उपलब्ध गराएका सामग्री विद्यार्थी, शिक्षक साथै अभिभावकको स्वास्थ्यसँग जोडिएको धारणा राखिन्।उनले कोभिड १९ को विषम् परिस्थितिमा सामग्रीहरुले आफुहरुको मनोवल उच्च राख्न टेवा पुग्ने पनि औँल्याइन्।
नेलम्बोका जनसम्पर्क अधिकृत भण्डारीले संस्था बारे अवगत गराउँदै कुल १९ हजार ३० रुपैयाँ बरावरका सामग्री हस्तान्तरण गरेको बताए ।त्यस अवसरमा माक्स, सेनिटाइजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, फेस सिल्ड, केएन ९५ माक्स, हात धुने साबुन, सचेतनामूलक ब्रोसर लगायतका सामग्री हस्तान्तरण गरिएको हो।उक्त कार्यक्रमको संचालन शिक्षक निरञ्जन पराजुलीले गरेका थिए ।