ताजा खबर

लोकतान्त्रिक खेलकुद संघद्धारा सहारा एकेडेमीलाई खेल सामाग्रि सहित मास्क हस्तान्तरण

डि.एन.बी.
पोखरा २१, माघ

लोकतान्त्रिक खेलकुद संघले पोखराको सहारा एकेडेमीलाई खेलकुद सामाग्रिको साथमा मास्क सहयोग हस्तान्तरण गरेको छ । लोकतान्त्रिक खेलकुद संघका विभाग प्रमुख तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सहितको एक टोलीले सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा सहितको टोलीलाई आज (बुधबार) सहारा एकेडेमीको निरिक्षण गर्दै २५ थान वल र एन.नाएन्टीफायव ( ल्—ढछ) मास्क १ हजार ५ सय थान सहयोग हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै संघका विभाग प्रमुख बस्नेतले क्लवले गरेको कार्यको प्रशंसा गर्दै एकेडेमीमा रहेका वालकहरुको फुटवल एकेडेमी सहित भरणपोषणमा थप आवश्यक सहयोग गर्ने बताए । अखिल नेपाल फुटवल संघ(एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले क्लवको एकेडेमी अभियानमा एन्फा र सरकारी निकायबाट समेत थप सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिए ।

टोलीमा एन्फाका उपाध्यक्ष किशोर राई, उपाध्यक्ष विरबहादुर खड्का, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष्य देवेन्द्र कुमार शेरचन लगायतका सहभागि भएका थिए । क्लवका अध्यक्ष थापाले सहभागिलाई एकेडेमीको बारेमा जानकारी गराउर्दैै उनीहरुलाई स्वागत गरेको क्लवका सहसचिव सुनिल रानाले बताए । सहारा एकेडेमीमा १४ जिल्लाका २४ जना वालकहरु रहेका छन्।

Related posts