ताजा खबर

टेसा पोखराको अध्यक्षमा सापकोटा

डि.एन.बी.
पोखरा २१, माघ

ट्रेकिङ इकुपमेन्ट शप एशोसियसन (टेसा) पोखराको २३ औं साधारण सभा तथा १३ औं महाधिवेसनले नारायण सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखराको पर्यटकीय स्थल काहुँडाँडामा आज (बुधबार) सम्पन्न भएको उक्त महाधिवेशनले सापकोटाको अध्यक्षतामा सर्वसम्वत रुपमा आगामी दुई बर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।

टेसा पोखराको बरिष्ठ उपाध्यक्षमा प्रमोद भण्डारी, उपाध्यक्ष रामजी प्रसाद अधिकारी, महासचिवमा टिका बहादुर लम्साल, सचिवमा टिकारम लम्साल, कोषाध्यक्षमा महेन्द्र जिसी रहेका छन भने अन्य सदस्यहरुमा रमेशराज अधिकारी, मिलन सापकोटा, केशवराज बाँस्तोला र बुद्धि बहादुर बस्नेत रहेका छन्। टेसा पोखराको निवर्तमान अध्यक्ष रामचन्द्र गिरी रहेका छन्।

यसैबिच, उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक) ले कोभिडले गर्दा चुनौती सामाना गर्नु पर्ने समयमा देशमा अस्थिर राजनीतिक तरङगले गर्दा नेपालको पर्यटन सहितको अन्य क्षेत्रमा प्रभाव पर्ने दाबी गरे ।

उनले भने “हामीले नियम त बनायौं तर के गर्नु नियत नै गलत भएपछि कस्को के लाग्छ र नेतृत्वकै कमजोरीको कारण देश अब प्रतिगम तर्फ धकेलिदै छ । ”देशमा आर्थिक विकास र समद्धिको नारा अस्थिर राजनीतिकले गर्दा केही बर्ष पछि धकेलिने भएको सभापति कोइरालाले बताए । पर्यटन पुनउत्थान समिति गण्डकी प्रदेशका संयोजक अग्नी कडेंलले प्रदेशका ११ वटै जिल्लामा समिति गठन गरी प्रदेशमा भएका पर्यटन उत्पादनको प्याकेजमा सार्वजनिक गर्ने जनाए । नेपालमा बस्तु व्यापामा बढी केन्द्रित हुने गरेकोले स्वदेशमै उत्पादन हुने गरुी लाग्नु पर्ने उनको धारणा थियो ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले मौद्रिक नितीले पर्यटन व्यवसायीहरुलाई दिनु पर्ने राहत प्याकेज जति सक्दो छिटो प्रदान गर्न माग गरे । देशको राजनीतिक अबस्थाले पर्यटन क्षेत्रमा असर पर्न सक्ने उनले चिन्त्ता व्यक्त गरे । केटु हिमाल आरोहीलाई परिषदले यही माघ २६ गते पोखरामा बिषेश सम्मान गर्ने भएको अध्यक्ष भट्टराईले जनाए । एक अर्बको व्यवसायीक जीवन रक्षाकोष र ५० अर्बको पुनः कर्जा कोषलाई सरकारले छिटो कान्वयन हुने गरी लागु गर्न उनले माग गरे ।

टेसा पोखराका अध्यक्ष रामचन्द्र गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नारायण सापकोटा, महासचिब रामजी प्रसाद अधिकारी लगायतले वोलेका थिए । पोखरामा करिब ७० वटा टेसामा आवद्ध व्यवसायीहरु रहेको पूर्व अध्यक्ष नारायण सुवेदीले बताए ।

Related posts