ताजा खबर

प्रदेश १ मा पाँच दिनमा १३२८३ लाई कोरोना खोप

प्रदेश १ मा आइतबारसम्ममा १३ हजार २ सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप सुरु भएको ५ दिनभित्र सुनसरीमा २ हजार ६ सय ५४, झापामा २ हजार ५ सय ८१, मोरङमा २ हजार २ सय २४, इलाममा १ हजार १ सय ४, भोजपुरमा ५ सय ८२, ओखलढुङ्गामा ५ सय ६३, धनकुटामा ५ सय ३९, पाँचथरमा ४ सय ८९, तेह्रथुममा ४ सय ४२, खोटाङमा ३ सय ४६, उदयपुरमा ३ सय ३४, सोलुखुम्वुमा २ सय २६, संखुवासभामा २ सय ८१ र ताप्लेजुङमा २ सय १८ जनाले खोप लगाएकाृ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा माघ १४ गतेदेखि कोभिड १९ विरुद्धको खोप अभियान सुरु गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा खोप केन्द्रमार्फत खोप लगाउने गरिएको छ ।

पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित ३५ हजार ५ सय ७६ लाई खोप लगाउने कार्यक्रम छ ।

Related posts