डि.एन.बी.
पोखरा १३, माघ
गण्डकी प्रदेशका ११ जिल्लामा पनि भोलि(बुधबार) एकै साथ स्वास्थ्यकर्मीलाई कोरोना बिरुद्धको भ्याक्सनि लगाइने भएको छ । प्रदेशका कास्की सहित ११ जिल्लामा पहिलो चरणमा १७ हजार ३ सय ९६ जना स्वास्थ्यकर्मीलाई कोरोना बिरुद्धको भ्याक्सनि लगाइने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले बताइन्।
गण्डकी प्रदेशमा भित्रिएको ३९ हजार १ सय ३९ भ्याक्सीन मध्य संघिय सरकारले निर्धारण गरे बमोजिम पहिलो प्रथामिकताको आधारमा अग्रभागमा रहेका स्वास्थ्यकर्मीलाई भ्याक्सीन लगाइने भएको उनले जनाइन्। उक्त भ्याक्सीन लगाउनको लागि आवश्यक तयारी सहित प्रदेशका सवै जिल्लाका केन्द्रहरुमा भ्याक्सीन लगाउने टीम सहित भ्याक्सीन समेत पुराई सकिएको गण्डकी मन्त्री पुनले बताइन्।
उक्त भ्याक्सीन लगाउदा कुनै साइड इफेक्ट वा कुनै असर भएमा त्यसलाई तत्काल व्याबस्थापन गर्ने र सम्बन्धि अस्पतालमा समेत पुराउने टिमहरु समेत पूर्व तयारी अबस्थामा रहेको मन्त्री पुनले बताइन्। माघ १४ देखि १८ गते भित्रमा पहिलो चरणमा उक्त भ्याक्सीन दिने तयारी भएको त्यस पश्चात पुनः उनीहरुलाई एक महिना पछि दोश्रो डोज दिने भएको उनले जनाइन्। प्रदेशको राजधानि पोखरामा भने ४ ठाँउमा एकै साथ बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, शंक्रामक तथा सरुवारोग अस्पताल, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा भ्याक्सीन लगाइने भएको छ ।
भोलि (बुधबार) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले विहान १०ः०० बजे पछि उक्त खोप लगायर शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उक्त भ्याक्सीन लगाउदा कोहीलाई सामान्य ज्वरो आउने, आलस्यता हुने लगायतका समस्या आउन सक्ने भएकोले त्यसलाई सहजीकरण गर्न एएफएफआई टिम तयारी अबस्थामा हुने भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले बताए । एक बर्षसम्म कोरोना बिरुद्ध प्रदेश सरकार र निर्देशनालयले निरन्तर काम गर्दै आएको बताउदै उनले हाल प्रदेशमा ४ सय ६४ जनामा सक्रिय केस रहेको जनाए ।
कास्कीका ५ हजार ६ सय ७१ जना स्वास्थ्यकर्मीलाई पोखराका ४ वटा अस्पतालबाट भ्याक्सीन लगाइने भएको डा. शर्माले जनाए । स्याङजामा १ हजार ५ सय ४१ जनामा, मुस्ताङमा २ सय १९, मनाङमा २ सय ६, नवलपुरमा १ हजार ५२, बागलुङमा १ हजार ७ सय ७०, लमजुङमा १ हजार ५ सय ८२, गोर्खामा १ जहार ८ सय ८, म्याग्दीमा ८ सय ४३, पर्वतमा १ हजार २ सय ३९ र तनहुँमा १ हजार ६ सय ९९ जनामा भ्याक्सीन लागइने भएको छ । जिल्ला
का जिल्ला अस्पतालबाट उक्त भ्याक्सीन लगाइने भएको हो ।
कोरोनाबाट प्रदेशमा २ सय ३ जनाको मृत्यु भएको छ । प्रदेशमा हालसम्म १ लाख २५ हजार ४ सय ९७ जनामा कोरोना परिक्षण गरिएको छ भने १५ हजार ३ सय ३७ जनामा कोरोना शंक्रलमण पुष्टि भयो भने १४ हजार ६ सय ७१ जनामा निको भएको निर्देशनालयले जनाएको छ ।