ताजा खबर

सहायक प्रहरी निरिक्षक केसीद्धारा बिद्यालयलाई सहयोग हस्तान्तरण

डि.एन.बी.
पोखरा १३, माघ

जिल्ला ट्राफिक कार्यालय कास्कीका सहायक प्रहरी निरिक्षक बाबुराम केसीले पर्वतको कुश्मा नगरपालिका १३ स्थित महेन्द्र माविलाई सहयोग हस्तान्तरण गरेका छन्। स्थानिय समेत रहेका प्रहरी निरिक्षक केसीले हालै एक समारोहका बिच खेलकुद तथा शैक्षिक सामाग्रि बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष चोकबहादुर नेपाली र प्रध्यानाध्यापक सुविना सुवेदी तिमिल्सिनालाई सहयोग हस्तान्तरण गरेका हुन्।

साथै उनले आफ्ना बाबु ऋषि बहादुर पौडेल क्षेत्रीको स्मृतिमा उक्त बिद्यालयमा १० हजारको अक्षयकोष समेत स्थापना गराएका हुन्। उक्त बिद्यालयमा ५७ जना बिद्यार्थीहरु रहेका छन भने करिब ९० प्रतिशतजसो दलित समुदायका बिद्यार्थीहरु रहेको बताइन्छ ।

स्मरण रहोस प्रहरी निरिक्षक केसीले पर्वतको कुश्मा नगरपालिका स्थित भगवती प्राविमा गत बर्ष शैक्षिक तथा खेलकुद सामाग्रि सहयोग हस्तान्तरण गरेका थिए । उनी भगवती माविका पूर्व बिद्यार्थी हुन्।

 

Related posts