धनबहादुर गायकको मणिपाल अस्पतालमा उपचारको क्रममा निधन

पोखरा माघ १२,

राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष तथा सङ्गीत शिक्षक धनबहादुर गायकको निधन भएको छ ।

यो दाजुको मिरमिरे आँखा.., फूल मायामा नभुल..’ बेली र चमेली‘’ लगायतका गीतका सर्जक गायकको पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उच्च रक्तचापका कारण अस्पतालको सघन उपचार कक्षमा ३ दिनदेखि उपचार गराइरहनुभएका उहाँको सोमबार बिहान करिब ८ः३० बजे मृत्यु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

गायकले गन्धर्व संस्कृतिको संरक्षणका लागि पोखरा (१६ बाटुले चौरस्थित गन्धर्व पाठशालामा गन्धर्वका सन्तति र अन्यलाई निःशुल्क सङ्गीत सिकाउँदै आउनुभएको थियो । उहाँकै सक्रियतामा बाटुले चौरमा ‘झलकमान गन्धर्व सारङ्गी पाठशाला’ खुलेको थियो ।

 

Related posts