ताजा खबर

कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक एवं राखेपका पूर्व सदस्य फक्त गुरुङलाई मातृ शोक

डि.एन.बी.
पोखरा १२, माघ

कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक, तमु धिँ नेपालका केन्द्रिय अध्यक्ष हुम बहादुर गुरुङ एवं राखेपका पूर्व सदस्य, अन्तराष्ट्रिय कराँते खेलाडी एवं प्रशिक्षक फक्त बहादुर गुरुङलाई मातृ शोक परेको छ ।

केही बर्ष देखि प्यारालाइसिसबाट ग्रसित गुरुङकी ८८ बर्षीया माता हिरामाया गुरुङको आज (सोमबार) विहान पोखरा १४ मा निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।
गुरुङका ६ जना छोरा दुई छोरी रहेकाछन्। उनका तीन जना छोरा पोखरामा एक काठमाण्डौं र दुई विदेशमा रहेका छन्। हिरामाया विगत १४ बर्ष देखि प्यारालाइसिसबाट ग्रसित हुदै आएकी थिइन्। गुरुङको जन्म घर भने पर्वत भंगरा हाल फलेवास ९ मा पर्दछ ।
गुरुङको अन्तिम दाहसंस्कार गुरुङ समुदायको परम्परा अनुसार पोखराको रामघाटमा आज दिउँसो करिब ११ः०० बजे पछि हुने भएको बताइएको छ ।

पोखरा १४ स्थित चाउथेबाट उनको शव यात्रा सुरु हुने भएको उनका छोरा फक्तबहादुर गुरुङले बताए । सामाजिक संजाल फेसवुकमा स्टाटस लेख्दै छोरा हुम बहादुर र फक्त बहादुरले आमा प्रति भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै आफ्नी आमाले ८८ वर्षको उमेरमा कहिल्यै नफर्कने गरी छोडि जानुभयो उल्लेख गरेका छन्। साथै आमाप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरिएको छ ।

 

Related posts