ताजा खबर

नेलम्बो नेपालद्धारा माछापुच्छ«े गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई सहयोग

पोखरा ११, माघ

पोखरा–४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले माछापुच्छ«े गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको छ । गाउँपालिकामा एक कार्यक्रम आयोजना गरि उक्त सामग्री हस्तान्तरण गरिएको हो । साथै गाउँपालिकको वडा नं. ६ धिताल र वडा नं. ७ धम्पुसका विद्यालयहरुलाई यस अगावै हस्तान्तरण गरेको पनि संस्थाले जनाएको छ ।

गाउँपालिका अध्यक्षको सभापतित्वमा माक्स, सेनिटाइजर, र्थमलगन, हात धुने साबुन, फेस सिल्ड, केएन ९५ माक्स स्प्रे बोतल, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड लगाएतका सामाग्रीहरु नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोट र कार्यक्रम संयोजक डा. किसन कोइरालाले पालिका अध्यक्ष कर्ण बहादुर गुरुङ्गलाई हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारलिे स्वागत मन्तव्य गर्नु भएको थियो । उहाँले नेलम्बो नेपालले विद्यालयहरु भौतिक रुपमा सञ्चालन गरेको अवस्थामा कोभिड १९ विरुद्धका स्वास्थ्य सामग्रीहरुले अध्ययन अध्यापनमा थप सहजता प्रदान गर्ने भन्दै आगन्तुक सवै अतिथिहरुलाई स्वागत गर्नु भयो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपाल कोभिड १९ को विषम् परिस्थितिमा स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिँदै स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गर्दै आएको र अहिले विद्यालयहरुलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरि उच्च मनोवल प्रदान गरेको बताउनु भयो । उहाँले यस गाउँपालिका भित्र नेलम्बो नेपालले स्थापनाको सुरुवाती चरणमा नै परियोजनाहरु सञ्चालन गरेको हुदाँ गाउँपालिका सँग नेलम्बोको सामिप्यता निकट रहेको बताउनु भयो भावि दिनमा पनि नेलम्बो नेपाल सहकार्य गरि कार्यक्रमहरु सञ्चालन गर्न तयार रहेका बताउनु भयो । निकट समयमा आफुहरु अत्याधुनिक उपकरण र चिकित्सकहरु सहितको टिमबाट मुख रोगको उपचार र दन्त चिकित्सा सेवा सञ्चालन गर्ने रहेको हुदाँ यस पालिका भित्रका वासिन्दाहरुले सो सेवा पाउँनबाट वञ्चित नहुने पनि वताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ्गले नेलम्बो नेपाल गाउँपालिकामा आफ्नो कार्यले सुपरिचित रहेको र अहिले कोभिड १९ लक्षित कार्यक्रममा सम्पूर्ण सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामग्रीहरु वितरण गरि पालिका भरिनै प्रशंसनिय योग्य रहेको बताउनु भयो । संघ संस्थाहरु मध्येमा नेलम्बोको कार्य सह्रानिय रहेको र भविष्यमा नेलम्बोका कार्यक्रमहरु सँग गाउँपालिका सहकार्यगरी कार्य गर्न इच्छुक रहेको पनि बताउनु भयो । उपलब्ध स्वास्थ्य सामाग्रीहरुको सहि सदुपयोग गरि प्रयोग गर्न विद्यालयहरुलाई सुझाव समेत दिनु भयो । उक्त कार्यक्रममा सामुदाकि विद्यालयहरुलाई रु २,५७,२११।– र गाउँपालिकालाई ५७,७९५ गरि जम्मा कुल ३,३३,००६।– रुपैया वरावरका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले बताउनु भयो । उक्त सामाग्रीहरु कसरी प्रयोग गर्ने भन्ने तरिका संस्थाका हेल्थ प्रमोसन अफिसर निर्मला देवकोटाले प्रर्दशन गर्नु भएको थियो । गाउँपालिका अध्यक्षको सभापतित्वमा संचालिक कार्यक्रम शिक्षाका शाखा प्रमुख कृष्ण प्रसाद भण्डारीले सञ्चालन गर्नु भएको थियो ।

Related posts