ताजा खबर

माघ १२ र १३ गते “सिनेमा संवाद२घान्द्रुक” कार्यक्रम हुने

पोखरा ११, माघ

चलचित्र पत्रकार संघ कास्कीले “सिनेमा संवाद२घान्द्रुक” कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ १२ र १३ गते पर्यटकीय गाउँ घान्द्रुकमा हुने कार्यक्रमको तयारी पुरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी गराएका छन् ।

उनले लामो समयको बन्दाबन्दी पश्चात माघ १ गतेबाट खुलेको पर्यटकीय गाउँ घान्द्रुकको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाए । उनका अनुसार कार्यक्रममा “सिनेमा टुरिजम स् सम्बन्ध र सम्भावना” र “सिनेमा साहित्य स् सम्बन्ध र साझेदारी” विषयमा बहस गरिनेछ ।

गिरीले कोरोना महामारी रोक्न लगाइएको लकडाउन खुला भएपछि पनि चलचित्र र पर्यटन क्षेत्रमा आशातीत प्रगती हुन नसकेको र दुवै क्षेत्रलाई पुरानै लयमा फर्काउन आफुहरुले कार्यक्रमको आयोजना गरेको जानकारी गराए । कार्यक्रममा चलचित्र, साहित्य र पर्यटन सम्बद्ध विद्धत व्यक्तिहरुले अन्तरक्रिया गर्ने उनले बताए ।

कार्यक्रममा कलाकार तथा क्याप्टेन विजय लामा, कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरी, चलचित्र निर्देशक सुदर्शन थापा, साहित्यकार गनेस पौडेल, साहित्यकार, भूषिता वशिष्ठ र पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले आफ्ना विचार राख्नेछन् । सहजकर्ताको भूमिकामा चर्चित संचारकर्मी, निर्देशक तथा कलाकार दिनेश डिसी र पत्रकार वाशु मिश्र रहने जानकारी गराइएको छ ।

गिरीले “सिनेमा टुरिजम स्सम्बन्ध र सम्भावना” विषयमा वक्ताहरु चलचित्र कलाकार तथा क्याप्टेन विजय लामा, निर्देशक सुदर्शन थापा र पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बहस गर्ने बताए । जसमा सहजकर्ताको भूमिकामा पोखरामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका वाशु मिश्र रहनेछन् । सो सेसनमा चलचित्र र पर्यटनको अहिलेसम्मको सम्बन्ध र भविष्यको सम्भावनाको बारेमा बहस हुनेछ ।

यस्तै, “सिनेमा साहित्य स् सम्बन्ध र साझेदारी” विषयमा वक्ताहरु कलाकार दीपकराज गिरी, साहित्यकार गनेस पौडेल र साहित्यकार तथा कवि भूषिता वशिष्ठ रहने जानकारी गराइएको छ । जसमा सहजकर्ताको भूमिकामा चर्चित संचारकर्मी, कलाकार तथा निर्देशक दिनेश डिसी रहनेछन् । साहित्य सिर्जना र चलचित्र निर्माणको प्रभावशाली क्षेत्र पोखरा भएकाले पनि आफुहरुले उक्त विषय रोजेको गिरीले बताए । उनले कार्यक्रमले साहित्यकार र चलचित्रकर्मीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएका छन् ।

माघ १२ गते पोखराबाट घान्द्रुकसम्मको यात्रा गरिने र बहस कार्यक्रम माघ १३ गते मंगलबारमात्र हुने अध्यक्ष गिरीले बताए । कार्यक्रम पर्यटन व्यवस्थापन समिति घान्द्रुकको समन्वयमा हुने जनाइएको छ । कार्यक्रमलाई सफल पार्न प्रोमोटेडको रुपमा गण्डकी प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्डले साथ दिएको छ ।

कार्यक्रमको पेमेन्ट पार्टनरको रुपमा इसेवा रहेको छ भने हस्पिटालिटी पार्टनरमा कुटी रिर्सोट एण्ड स्पा रहेको चलचित्र पत्रकार संघ कास्कीका सचिव प्रभु अधिकारीले जानकारी गराए । उनका अनुसार सहयोगी संस्थाहरुमा अन्नपूर्ण संरक्षण क्षेत्र योजना ९एक्याप०, लामा अमृत फाउन्डेसन, गुरुङ चलचित्र शिरसुवा, परिचय एडभटा
ईजिङ, रोधी क्लब घान्द्रुक, मुल आमा समूह घान्द्रुक, डाँडा गाउँ युवा परिवार घान्द्रुक रहेको छ ।

Related posts