
लेखनाथ,१० माघ
लेखनाथ जेसिज र जुनियर जेसिजको बर्ष २०२१ का पदाधिकारीहरुको सनिवार एक विषेश कार्यक्रमका विच संयुत्त पदस्थापन सम्पन्न गरिएको छ ।
लेखनाथ जेसिज वर्ष २०२० का अध्यक्ष चिरञ्जिवी न्यौपानेले वर्ष २०२१ का अध्यक्ष नवराज पौडेललाई र लेखनाथ जुनियर जेसिजको वर्ष २०२० का अध्यक्ष सुजन तिमिल्सेनाले वर्ष २०२१ का नवनिर्वाचित अध्यक्ष शिवानी केशीलाई पद तथा गोपनियताको सफत गराएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष भोजराज चापागाईले युवाहरुको क्षमता अभिबृद्धि गर्दै नेतृत्वदाई भुमिकामा पु¥याउनु नै जेसिजको अभियान भएकाले समाज रुपान्त्रणमा जेसिजको भुमिका महत्वपुर्ण हुने धारणा राखेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोख्ररेलले जेसिजले मानिसलाई अनुशासित र आफनो क्षमता अभिबृद्धिमा सहयोग पु¥याउदै आएको विचार राखेका थिए भने लेखनाथ जेसिजका सस्थापक अध्यक्ष वावुराम जमरकटेलले समाजका लागि केही गरौं भन्ने सोच भएका युवाहरुको समुह नै जेसिज भएकामा जोड दिएका थिए ।
लेखनाथ जेसिजका अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा जेसिजका अध्यक्ष ई.किरण के शी,लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय,लेखनाथ जेसिजका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, ऋणिराम जमरकटेल
र सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष त्रिलोचन लामिछाने लगाएतले जेसिज अभियानका बारेमा जानकारी गराएका थिए ।
लेखनाथ जेसिजका महासचिव सिपी ढुगानाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन निर्वतमान अध्यक्ष रोशन अधिकरीले गरेका थिए भने कार्यक्रममा दिननाथ र अमृता सम्मेलन एवार्ड समेत वितरण गरिएको थियो ।