एलिनालाई पोखरामा स्वागत तथा सम्मान

समाचारकक्ष
पोखरा ४, माघ

नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको गायन रियलिटी शो वाइ वाइ नेपाल स्टारको फाइनलमा प्रवेश गर्न सफल पोखरेली चेली एलिना गुरुङलाई आइतबार पोखरामा स्वागत सहित सम्मान गरिएको छ । कास्कीको मादी गाउँपालिका २ ताङतिङ घर भएकी गुरुङ हाल संगमटोल पोखरामा बस्दै आएकी छन्।

उत्कृष्ट ४ हुँदै शनिबार भएको सेमिफाइनलबाट उनीे फाइनलमा प्रवेश गरेकी हुन्। पोखरा विमानस्थलमा भव्य स्वागत गरि नगर परिक्रमासँगै उनले अध्ययन गरेको विद्यालय भद्रकाली मा.वि. मा पुगेर विशेष समारोह समेत सम्पन्न भएको थियो । सोमबार र मंगलबार उनी पोखरामा हुने र विभिन्न कार्यक्रममा सहभागी हुने भएको बताइएको छ ।  पोखरेली चेली एलिनालाई उपाधि दिलाउन सहयोगार्थ एवम प्रचारार्थ एलिना गुरुङ जिताऔं समितिले माघ ६ गते मंगलबार अपरान्ह ३ बजे पोखरा १२ माटेपानीस्थित एस.आर.केसी क्याटरिङ पार्टी प्यालेसमा कन्सर्ट आयोजना गरेको समितिकी सचिव रोशनी गुरुङले बताइन।

गीत संगीतमै समर्पण हुने, गीत संगीत क्षेत्रबाट समाज, मुलुकलाई योगदान दिने अठोटसहित नेपाल स्टारमा सहभागी हुदै फाइनल प्रवेश गराउन साथ, सहयोग र अभियान संचालन गर्ने सम्पुर्णलाई एलिनाले धन्यवाद एवं आभार व्यक्त गरेकी छन्।्। उपाधि दिलाउन आफुलाई सक्दो भोट गरिदिन एलिनाले सम्पुर्णलाई पुनःआग्रह गरेकी छिन्। एलिनालाई उपाधिका लागि ल्क्घण् टाइप गरी घघण्ण्ज्ञ नम्बरमा म्यासेज पठाएर र नेप
ाल टेलिभिजनको एप डाउनलोड गरी निशुल्क र सशुल्क भोट गर्न सकिने सहयोग समितिले आव्हान गरेको छ ।

जोजिजू म्यूजिक स्कुलका बिद्यार्थी उक्त प्रतियोगिताको फाइनलमा पुगेकोले आफुहरुलाइर्
निकै खुसि लागेको र उपाधि दिलाउन फेरी सवैको साथ र सहयोग आवश्यक भएको स्कुलका संचालक गायक विनित जोजिजूले जनाए ।

Related posts